भर्चुअल मम पार्टी आउँदो शनिबार – परोपकारिता संगै बिश्व रेकर्ड राख्ने अभियानमा सहभागी बनौ 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
कोभिडले कुनै न कुनै रुपमा प्रभावित बिश्वभर छरिएका नेपालीहरु माझ एउटा नयाँ जोश, नयाँ पन सहितको कार्यक्रम “मम वोर्ल्ड रेकर्ड” को लागि अब केहि दिन मात्र बाँकि छ । बिश्वभर आफु जँहा रहे पनि भर्चुअल मम पार्टीमा सहभागी भइ वर्ल्ड रेकर्डका राख्ने अभियानका परिकल्पनाकार एबम चर्चित रेडियोकर्मी दिपेश श्रेष्ठले हाल सिड्नीबाट गर्दै आइरहेको कार्यक्रम ‘दिपेश शो’ ले आयोजना गरेको “मम वोर्ल्ड रेकर्ड”  कार्यक्रम आगामी मे २९ तारिख नेपाली समय अनुसार दिउसो ४ बजे हुदैछ । यस इभेन्टलाई न्यानोपन नामक संस्थासंगको सहकार्यमा कोभीड पिडित बिरामीहरुको लागि केहि फन्ड राइज पनि गरिदै छ ।  १० लाख सहयोग उठी सकेको यो अभियानमा सानो ठुलो सहयोग गर्दै घरमै परिवारका साथ बसी मम खादै  भर्चुअल रुपमा जोडिन आयोजकले सबै नेपाली हरु लाई अनुरोध गरेको छ।
यो अभियानमा जोडिनको लागि जो सुकैले पनि Bit.ly/momolover मा गएर आफ्नो  दर्ता गर्न सक्नु हुनेछ । यो बिल्कुलै निशुल्क: अभियान हो, धेरै भन्दा धेरैलाइ यो अभियान (भर्चुअल मम पार्टी)मा जोडेर वोर्ल्ड रेकर्ड राख्न प्रयास गर्ने पनि आयोजकको प्रयास छ।
त्यो भन्दा पनि निकै लोकप्रिय बनेको नेपाली खाना ममलाई संसार भर चिनाउन अनि यो गार्हो बेलामा अलिकति मात्रै भए पनि खुशी साथ परिवार संगै समय बिताउन पनि यो अभियान सहयोगी हुने आयोजकको तर्फबाट हालै आयोजित पत्रकार भेटघाटमा दिपेश श्रेष्ठले बताए । यसको लागि आफुले तयार गरेको मम परिवार संगै बसेर आयोजकले तोकेको समयमा जुममा लगइन (अनलाईन) गरि सके पछि खानुहोस आफुले खाएको बेलाको फोटो (स्क्रिन सर्ट) गरेर राख्न पनि श्रेष्ठले सबैलाई अनुरोध गरे।
यदि तपाईलाई यो भर्चुअल मम पार्टीमा सहभागी हुदै गर्दा केहि सहयोग गर्न चाहनुहुन्छ र न्यानोपन मार्फत समस्यामा परेकालाई सिधै पुग्ने गरि हात बढाउन मन छ भने  Bit.ly/nyanopan मा गइ जति सक्दो सहयोग गर्न पनि आयोजकले अनुरोध गरेको छ।
यस कार्यक्रम सम्बन्धि थप जानकारीका लागि  https://www.facebook.com/groups/momoworldrecord/ वा कुनै जिज्ञासाका लागि info@thedeepeshshow.com मा सम्पर्क गर्न हार्दिक अनुरोध गरिन्छ।