गायक राज के गोस्वामीको ‘हिमालै राम्रो हिउँले…‘ सार्वजनिक, भिडियोमा नौलो प्रयोग

सिड्नी– लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक तथा अष्ट्रेलियाको स्थापित इभेन्ट म्यानेज्मेन्ट कम्पनी नेपाली टचका सीईओ राज के गोस्वामी आफ्नो बिल्कुलै नयाँ शैलीको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्टसहितका कार्यक्रमहरु आयोजना गर्दै आएका गायक गोस्वामी यसपटक ‘हिमालै राम्रो हिउँले‘’ बोलको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका हुन् ।
‘कोशिश–२’ शीर्षकको एल्बममा समावेश भएको यो गीतलाई विक्रम थापाले संगीतबद्ध गरेका छन् भने सुमन कुँवर यो गीतका रचनाकार हुन् ।
सन्दिप कार्कीले प्रस्तुत गीतमा संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा नौलो प्रयोग गरिएको छ ।
नेपाली गीतका म्युजिक भिडियोमा यस्तो प्रयोग विरलै देख्न पाइन्छ ।
गीतलाई पूर्ण रुपले भिएफएक्स प्रविधिमा तयार पारिएको छ ।
भिडियोमा बिजेश पौडेल तथा पूजा धामीलाई भिएफएक्समार्फत नै प्रस्तुत गरिएको छ ।
भिडियोलाई बिजेश पौडेलले नै निर्देशन गरेका छन् भने भिएफएक्स तथा सम्पादन पनि उनैले गरेका हुन् ।
निशा पौडेलद्वारा छायांकन गरिएको उक्त भिडियोलाई नेपाली टचले प्रस्तुत गरेको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...