२४ घण्टामा नेपालमा ४४ सय ८७ जनामा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ४४ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १४ हजार ७ सय ५२ जनाको परीक्षण गरिएको थियो ।

यो अवधिमा १४ हजार ६ जनाको पीसीआर तथा ७ सय ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यो अवधिमा ४३ सय ११ जनाको पीसीआर विधिबाट तथा १ सय ७६ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय १६ जनाको संक्रमणका कारण निधन भएको छ ।

त्यस्तै यो अवधिमा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।