बेलायतमा नेपाली मूलका मेयर निर्वाचित

बेलायतमा गत हप्ता सम्पन्न स्थानीय निर्वाचनमा गैरआवासीय नेपाली पहिलो पटक मेयरमा निर्वाचित भएका छन्। स्वान्ली टाउन काउन्सिल, केन्टको मेयरमा कन्जरभेटिभ पार्टीबाट शंकर गैरे निर्वाचित भएका हुन्।
गुल्मी जिल्लाबाट बेलायत आएका गैरे ट्याक्सी व्यवासयमा संलग्न छन्। बुधवार काउन्सिल च्याम्बर भएको निर्वाचनमा १६ काउन्सीलर मध्ये १४ जनाले गैरेको पक्षमा मतदान गरेका थिए। बेलायतको बिभिन्न सामाजिक कार्यमा समेत सकृय गैरे यस अघि सोही काउन्सिलमा उपमेयर थिए।
उनले बेलायतको सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसिएसन युके, कोसेली नेपाली सांस्कृतिक परिवार र साहित्य विकास परिषद युके लगायतका संस्थामा काम गरिसकेका छन्।
२२ वर्ष अघि अध्ययनका लागि बेलायत आएका गैरे सामान्य परिवारको मान्छे यहाँसम्म आएर बेलायतीहरुको समेत मन जित्न सकेको भन्दै प्रशन्नता प्रकट गरे।
मेयर जोन बार्नेस्ले गैरेलाई एक विशेष कार्यक्रमबीच आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका छन्।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...