प्रधानमन्त्री ओलीद्वारा पार्टी एकताको आव्हान

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बलियो भयो भने मात्र देशको लोकतन्त्र सुदुढ र राष्ट्र एकतावद्ध हुन सक्ने भन्दै एकताका लागि पुनः आव्हान गर्नुभएको छ ।
ओलीले आइतबार एक अपिल जरी गरी पार्टीलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको हो ।
नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले पार्टी एकता अब सम्भव नरहेको अभिव्यक्ति दिइरनुभएका बेला अध्यक्ष ओलीले आइतबार अपरान्ह पार्टीको नाममा एकता आव्हान गर्नु भएको हो ।
उहाँले आफू सदैव पार्टी एकताको पक्षमा रहेको दोहोर्याउनुभएको छ ।
‘नेकपा एमालेको निर्माण र विकासमा हजारौं योद्धाहरुको पसिना, त्याग र बलिदान अन्तरनिहित छ, यस पार्टीप्रति जनताको अपार विश्वास छ’ प्रधानमन्त्री ओलीको भनाइ छ–‘एमालेलाई सुदृढ गरेर मात्रै कम्युनिष्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिन्छ ।’
प्रधानमन्त्री ओलीले आव्हान पत्रमा भन्नु भएको छ–‘म सधैंभरी कम्युनिष्ट आन्दोलनको एकता, लोकतान्त्रिक शक्तिहरुको एकता र राष्ट्रिय एकताको पक्षमा रहँदै आएँ । भोलिका दिनमा पनि म यसैका निम्ति क्रियाशील रहने छु ।’
कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने भन्ने विश्वासका साथ २०७५ जेठमा पार्टी एकीकरण गरिएको उहाँले स्मरण गर्नुभएको छ ।
पार्टी एकताका लागि आफू २०७५ जेठ ३ अघि पार्टीको गतिविधिमा फर्काउन तयार रहेको अध्यक्ष ओलीले आव्हान पत्रमा उल्लेख गर्नुभएको छ ।
साथै यसबीचमा भएका कमजोरी र गल्तीमा कुनै कारवाही नगरिने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...