बसुन्धरा भुषालद्वारा कल्याकारी कोषलाई रकम हस्तान्तरण

चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक अभिनेत्री बसुन्धरा भुषालले चलचित्र कल्याणकारी कोषका लागि अमेरिका पुगेको बेला सहयोग रकम जुटाएकी छन् । आफ्नो पारिवारिक भेटघाट र घुमघामको लागि ६ महिनाअघि अमेरिका पुगेकी अभिनेत्री भुषालले चार लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर ल्याएकी छन् । भुषालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई उक्त रकम हस्तान्तरण गरेकी छिन् । उनले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसंग सहयोग संकलन गरेकी थिइन् । सोही रकम उनी नेपाल आउने बित्तिकै बोर्डलाई हस्तान्तरण गरेकी हुन् । अमेरिका बाल्टिमोर निवासी लोक गायक प्रेमराजा महतबाट १ लाख तीन हजार दुई सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार एक सय बीस कलाकार सारङ्गा श्रेष्ठबाट २४ हजार एक सय बीस कलाकार सबिता अधिकारीबाट १२ हजार छ सय, दिव्य चन्दबाट १२ हजार एक सय बीस, कलाकार अरुणीमा लम्सालबाट १२ हजार एक सय बीस कलाकार दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय बीस कलाकार रञ्जना शर्माबाट १२ हजार एक सय बीस कलाकार मुकेश आचार्यबाट १२ हजार एक सय बीस सुरेश श्रेष्ठबाट १२ हजार एक सय बीस कलाकार राधा शर्मा (भावु) बाट ६ हजार एक सय बीस, भेष पोखरेलबाट ६ हजार एक सय बीस अमेरिका न्यु जर्सि निवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार एक सय बीस अमेरिका बोस्टन निवासी संचिता थापाबाट २४ हजार एक सय बीस अमेरिका न्युयोर्कनिवासी डाक्टर रबिन राईबाट १२ हजार एक सय बीस गरि ३ लाख १६ हजार पाँच सय ६० रुपैयाा सहयोग संकलन भएको थियो । यसमा नपुग केही रकम बसुन्धरा भुषाल र चेत नारायण भुषाल परिवारले थपेका छन् । यस्तै अभिनेता पल शाहले पनि १ लाख एक सय एक रुपैयाा घोषणा गरेका छन् । कोरोनाको समयमा निकै मेहनतका साथ बसुन्धारा भुषालले धेरै रकम संकलन गरेको अमेरिकावासी कलाकारहरुले बताएका छन् । गत अप्रिल ३ तारिक पुजा चन्दले आफ्नै घरमा सबैलाई जमघट गर्दा सहयोग अपिल गरिएको थियो । जसका लागि प्रकाश शर्मा र गायक राजु लामाले सहयोग गरेका थिए । कलाकारहरूप्रति अगाढ प्रेम बोकेर हिंड्नु हुने, चलचित्रकर्मिहरूका निमित्त जीवन समर्पण गर्न संधै तत्पर रहनु हुने आदरणिय कलाकारहरूकी सम्माननिय दिज्यू बसुन्धरा भुषालको योगदान अतुलनीय रहेको लोक गायक प्रेम राजा महतले अमेरिकाबाट बताएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



