थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिबेशन सम्पन्न
दीपनारायण चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति गठन

नेपालको बिभिन्न भूभागबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबसाय र अध्यान अध्यापनमा रहेका थारु समुदाय बीच साझा चौतारीको रुपमा स्थापित थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिबेशन २० जुनका दिन सिड्नीमा सम्पन्न भएको छ। अधिबेशनले बर्तमान अध्यक्षता दीपनारायण चौधरीलाई पुन अध्यक्षमा चयन गर्दै र निबर्तमान कार्य समितिलाई थोरै मात्र थपघट गरि आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको पनि चयन गरेको छ।
कार्य समितिको दुइ उपाध्यक्षमा साइमान चौधरी र निमेष लेखि, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण चौधरी, कल्चरल सक्रेटरीमा मनोरमा चौधरी, स्पोर्ट्स सेक्रेटरीमा बिनय चौधरी र आइटी कोअर्डिनेटरमा उमेश चौधरीलाई नै निरन्तरता दिइएको छ । त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा रितु चौधरी, मुक्ति नारायण चौधरी, सुमन चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, सन्ध्या चौधरी, उपशना चौधरी, रञ्जना चौधरी र अविनाश चौधरी रहेका छन् । महिला सहभागितालाई अझै बढाउदै लाने उदेश्यले संस्थाले संयोजकमा मिश्रा कुमारी चौधरी, सहसंयोजकमा सुनिता चौधरीलाई जिम्मेवारी दिएको छ। यसै गरि संस्थाले रामेश्वर चौधरी संयोजक रहेको र दुर्गानन्द चौधरी र शुकै चौधरी सदस्य रहेको तिन सदस्यीय सल्लहाकार समितिको पनि गठन गरेको छ।
संस्थाका पव्लिक अफिसर अरूण चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको अधिबेशन कार्यक्रममा महासचिब पृथ्वी चौधरीले संस्थाको स्थापना काल देखि हाल सम्म भएको सम्पूर्ण कार्य बिबरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिंकु चौधरीले संस्थाको आय व्यय प्रस्तुत गरेका थिए । पुन अध्यक्ष्य निर्बाचित भइ जिम्मेवारी लिए संगै नवनिर्वाचित अध्यक्ष दिप नारायण चौधरीले संस्थालाई अझै सवल वनाउदै, बिबिध परोपकारी कार्यहरु सहित थारू समुदाय तथा बिधार्थीमा पर्ने बिबिध समस्यामा बिगतमा जस्तै संस्था सहयोगी रहने बताए।
स्थापनाको छोटो समयमै थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाले समुदायमा हुने बिबिध सामाजिक एबम परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउदै उदहरणीय रुपमा प्रस्ततु हुन् सफल रह्यो। यसका अलाबा यहाँ रहेका सबै संघ सस्थाहरुसंग आपसी सदभाब राख्दै संस्कृतिक बिबिधता भएको थारु समुदायको कला, भाषा संस्कृति, रहन सहन र चाड पर्वलाइ थारु समुदाय र अन्य नेपाली समुदाय माझ परिचित गराउन पनि संस्था सफल रह्यो।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



