नेपालमा बढ्न थाले कोरोना सङ्क्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा दुई हजार ८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सात हजार १८७ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार ८८९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
चार हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ ।
जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गर्नु भएको छ ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।
यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५९७ छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ५६१ रहेको छ ।
तीमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा छन् ।
तीन हजार १७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार ११२ जनाको मृत्यु भएको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ ।
पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।
मङ्गलबार सङ्क्रमण पुष्टि भएको दुई हजार ६३६ भन्दा आज २५६ जनाले बढी थपिएका छन् ।
सोमबार दुई हजार ४४४ जना सङ्क्रमित भेटिएका थिए ।
आइतबार एक हजार ९२० जनामा मात्र कोरोना सङ्क्रमित पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...