अक्टोबर २३–२५ सम्म एनआरएनएको ग्लोबल सम्मेलन

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को शनिवार सम्पन्न ७८ औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले आगामी अक्टोबर २३–२५ (कार्तिक ५ गतेदेखि ८ गते) सम्म १० औं एनआरएन ग्लोबल सम्मेलन र १० औं साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिए अनुसार त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने छ ।
विज्ञप्तीमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको जनाइएको छ भने निर्वाचनमा भाग लिने प्रतिनिधिको शूल्क समेत शून्य कायम गरिएको छ ।
निर्वाचनका लागि उम्मेदवार मनोनयन शूल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ ।
गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको छ ।
बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...