प्रधानमन्त्री देउवालाई संसद्मा विश्वासको मत

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाउनु भएको छ ।
जुलाई १२ का दिन सर्वोच्च अदालतको आदेश अनुसार जुलाई १३मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त हुनु भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्मा विश्वासको मत लिनु भएको हो ।
नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा० र एमालेका २२ सांसदको साथ पाएका देउवाको पक्षमा १६५ मत खसेको छ ।
देउवाको विपक्षमा ८३ सांसदले हस्ताक्षर गरे ।
मतदानमा सहभागी २४९ सांसदमध्ये देउवाको पक्षमा १६५ मत खसेको हो भने विपक्षमा ८३ जनाले हस्ताक्षर गरेका हुन् ।
सहभागीमध्ये एक सांसदले मत दिएनन् ।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिनु भएको हो ।
देउवालाई विश्वासको मत दिने विषयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भए पनि एमाले अध्यक्ष केपी ओली समूहका केही सांसदले विश्वासको मत दिएका छन् ।
आइतबार संसदमा भएको मत विभाजनमा प्रेम आलेसहितका नेताले देउवाको पक्षमा मतदान गरेका हुन् ।
देउवालाई एमालेका ओली र नेपाल समूहका गरेर २२ सांसदले विश्वासको मत दिए ।
देउवालाई विश्वासको मत दिने एमाले सांसदमा वरिष्ठ नेता नेपालसहित ओली समूहका पूर्वमन्त्री प्रेमबहादुर आलेसम्म रहेका छन् ।
देउवालाई देउवालाई विश्वासको मत दिने एमाले सांसद
माधवकुमार नेपाल
विरोध खतिवडा
कल्याणी खड्का
जीवनराम श्रेष्ठ
पार्वती विशुंखे
मेटमणि चौधरी
भवानी खापुङ
निरादेवी जैरु
मुकुन्द न्यौपाने
कलिला खातुन
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
सविना हुसेन
कृष्णलाल महर्जन
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
रामकुमारी झाँक्री
संविधानको धारा ७६ ९५० बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते दिनको १ बजे बस्नेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



