गाजलुको नयाँ गीत सार्वजनिक

काठमाडौं— मिस नेपाल २०१२ सृष्टि श्रेष्ठद्वारा अभिनित नेपाली फिल्म ‘गाजलु’ को नयाँ गीत ‘मुस्कुराउनुको कथा…’ को भिडियो सार्वजनिक गरिएको छ । यूट्युबमार्फत सार्वजनिक गरिएको यो गीतमा अभिनेता अनमोल केसी तथा सृष्टि श्रेष्ठलाई फिचरिङ गरिएको छ । कालीप्रसाद बासकोटाको शब्द तथा संगीतको यो गीतमा सुमन गुरुङको स्वर सुन्न सकिन्छ । गीतमा अनमोल तथा सृष्टिले फिल्म भित्र भोगेका पीडा तथा सुखीका क्षणलाई चित्रण गरिएको छ ।
रोहित अधिकारीद्वारा निर्मित यो फिल्मको निर्देशन हेमराज बिसीले गरेका हुुन् । जेठ २८ गतेदेखि सार्वजनिक प्रदर्शन हुने यो फिल्ममा अनमोल तथा सृष्टिका अतिरिक्त गौरव पहाडी, सलोन बस्नेत, मेनुका प्रधान, ऋतिका शाही, विश्व बस्नेत, गौरी मल्ल आदि कलाकारले अभिनय गरेका छन् । नेवारी समुदाय भित्रको कुमारी प्रथाको कथालाई पर्दामा उतारिएको यो फिल्म नेपालसहित विदेशका विभिन्न शहरहरुमा पनि एकसाथ प्रदर्शनको तयारी हुँदैछ ।
यस्तो छ भिडियो :

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...