२४ घण्टामा २४ जना संक्रमितको दुखद निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा पीसीआर ९१२२ तथा एन्टिजेन ३७०७ गरी कुल १२ हजार ८ सय २९ जनाको परीक्षण गरिएको थियो ।

तीमध्ये पीसीआरतर्फ १८ सय ५५ तथा एन्टिजेनतर्फ ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २४ जना संक्रमितको दुखद निधन भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ सय ८८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ ।