एनआरएनएमा प्रतिनिधित्व गर्न चाहने अष्ट्रेलियाका नर्सहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

यसै गरि साउथ अष्ट्रेलियाबाट State Co-ordinator म उम्मेद्बारी दिनुभएकी सन्तोषी गौतमले अष्ट्रेलियामा रहेका नेपाली समुदायमा देखिएको बाबुआमा र छोराछोरीको बिचमा बढीरहेको दुरीको बिषयमा हामीले भूमिका खेल्नुपर्ने बिषयमा जोड दिनुभयो ।त्यसैगरी हामी नेपाली संस्थाहरुले आँफु आँफु रकम सङ्कलन गरेर मात्र भन्दा पनि अब आउने दिनमा यहाँको सरकारी अनुदानमा पनि पहुँच पुर्याउनुपर्छ जुन सम्भब पनि छ भन्ने कुरामा आफ्नो कुरा राख्नुभयो । वहाँले खेल्कुद लगायत बिभिन्न कार्यक्रममा महिला सहभागिता बढाउनको लागि बिशेष भूमिका खेल्नेछु भने प्रतिबद्धता ब्यक्त गर्नुभयो। साउथ अष्ट्रेलियाबाट नै NCC Youth Member को उम्मेद्बारी दिनुभएका श्याम कृष्ण बोहराले पनि Current Pandemic, Mental Health को कुरा उठान गर्नुको साथै जसरी अष्ट्रेलियामा पुरुष नर्सहरु हुन्छन यसरी नै नेपालमा पनि हामीले पुरुषहरुलाई पनि प्रोत्शाहन गर्ने कार्यक्रम गर्नुपर्छ भन्ने फरक कुरा उठाउनुभयो । साउथ अष्ट्रेलियाबाट नै NCC Women Co-ordinator मा उम्मेद्बारी दिनुभएकी मन्जु खड्काले मेडिकेयर कार्ड नहुनेहरु लाई निशुल्क स्वास्थ्य जाँच, नारी सशक्तिकरण बिषयमा केही गर्ने सोच रहेको र महिलाहरुमा हुने स्वास्थ्य समस्याहरु जस्तो Breast Cancer, Cervical Cancer and Mental Health को क्षेत्रमा जोड दिने प्रतिबद्दता व्यक्त गर्नु भयो । खड्काले बिगतमा पनि अन्य संस्थाहरु बाट नेपालमा जोडीन पाउँदा धेरै खुशी लागेको र भबिष्यमा NNAA सँग सहकार्य गर्न आफू सदैब तयार रहने बताउनुभयो।
अर्का ICC उम्मेद्वार सुर्यराज आचार्यले पनि श्याम कृष्ण बोहराको नेपालमा पुरुष नर्सको सहभगिताको कुरामा जोड दिदै महिला पुरुष सँगै काम गर्दाको प्रभावकारीताको बारेमा सरकारी स्तरमा निती निर्माणको तहमा काम गर्नुपर्ने र यसको लागि स्कुल देखि नै हामीले चेतनामुलक कार्यक्रमहरु गर्नुपर्छ भन्ने कुरा बताउनुभयो। त्यसैगरी हामीले अस्ट्रेलियामा Nurse Graduate हरुलाई काम गर्न, Documentation गर्ने बिषयमा Right decision making क्षमतामा सहयोग गर्नुपर्छ जस्ले गर्दा उनिहरुलाई काममा आत्मबिश्वास बढन मद्दत पुग्नेछ। यसको लागि NNAA जस्ता संस्था सँग मिलेर कार्य गर्न आफू इच्छुक रहेको बताउनुभयो। उम्मेद्वार नभएपनी Sydney बाट सन्दीप कंडेल जोडीनुभएको थियो । वहाँले यो संस्थासँग काम गर्न आँफु सधैं तत्पर रहने प्रतिबद्ध्ता जनाउनुभयो। तिर्थराज कार्की पेशाले स्वास्थ्यकर्मी नभएपनी NNAA जस्ता संस्थासँग कार्य गर्न उत्साहित रहेको बताउनुभयो । वहाँको उम्मेदवारी NCC Secretary को लागि रहेको छ। तेसैगरी Australian Capital Territory बाट NCC सदस्यको उम्मेद्वार दिनुभएका सुमन देवकोटाले अहिलेको परिस्थितीमा COVID सतर्कता अपनाउनु पर्नेमा जोड दिँदै NNAA सँग काम गर्न तयार रहेको बताउनुभयो।
सबै उम्मेदवारहरूले अस्ट्रेलियामा नेपाली मूलका नर्सहरुको सङ्ख्या बढे सँगै यो संस्था जन्मिनु धरै खुशीको कुरा बताउदै र आँफुहरु NNAA सँग जोडीन पाउँदा उत्साहित भएको व्यक्त गर्नु भयो । चुनाबको नतिजा जे आएपनि यो संस्थालाई अगाडि बढाउन आँफुहरु पनि लागिपर्ने प्रतिबद्दता सबैजनाले राख्नुभयो । सबैजनाले यो संस्था अस्ट्रेलियाका सबै राज्यमा पुग्नुपर्छ र धेरै भन्दा धेरै नर्सहरु लाई समेट्नमा आफूहरूले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रम NNAA को पेजबाट पनि प्रतक्ष्य प्रसारण पनि गरिएको थियो।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



