डिबीको भिडियोमा वर्षा

काठमाडौं—नायिका वर्षा शिवाकोटी यतिबेला चलचित्र ‘लप्पन छप्पन’ को छायांकनका लागि यूरोप पुगेकी छिन् । चलचित्रको तुलनामा म्युजिक भिडियोमा बढि सक्रिय हुने यी नायिकाले अभिनय गरेको पछिल्लो एउटा गीतको म्युजिक भिडियो भने काठमाडौंमा प्रिमियर गरिएको छ । गायक डि.बी.खड्काको ‘दुरी…’ गीतको म्युजिक भिडियो बिहिबार राती सार्वजनिक गरिएको हो । विगत एक दशकदेखि औपचारिक गायन तथा संगीतको अध्ययनमा व्यस्त गायक डि.बी. खड्काको यो गीतमा संगीतकार टेकेन्द्र नेपालीको संगीत तथा गीतकार होम न्यौपानेको शब्द सुन्न सकिन्छ । भिडियोको गीतमा शास्त्रीय तथा पश्चिमा संगीतको संयोजन गरिएको छ ।
यो भिडियोमा नायिका शिवाकोटीलाई मोडल आशिष नेपाल, हास्य कलाकार सुरेश थापा ‘दर्शने’ तथा कलाकार अनिता दंगालले अभिनयमा साथ दिएका छन् । हास्य श्रृंखला ‘मेरी बास्सै’ मा ‘दर्शने’ को भूमिका निर्वाह गरेर दर्शकमाझ लोकप्रिय भएका सुरेश थापा नै यो म्युजिक भिडियोका निर्देशक हुन् ।
यो गीत गायक खड्काको पहिलो एकल एल्बम ‘जलन’ मा समेत समावेश गरिनेछ जसलाई एल्बमलाई बुढासुब्बा म्युजिकले बजार व्यवस्थापन गर्नेछ । यसअघि गायक खड्काको संगीतमा गायिका मनिला सोताङको स्वरको ‘पृथ्वी पारी…’ बोलको गीत लोकप्रिय भएको थियो । गायक खड्का संगीत गुरु चण्डिप्रसाद काफ्लेका विद्यार्थी समेत हुन् ।
यस्तो छ भिडियो :
https://youtu.be/cFr0EFfnX1c
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...