अष्ट्रेलिया सरकार तथ्यांक बिभागद्वारा जनगणना सम्बन्धि जानकारी
प्रत्येक ५ बर्षमा अष्ट्रेलिया सरकारले लिने जनगणना यहि १० अगष्ट मंगलबारका दिन लिने भएको छ ।

जनगणनामा अष्ट्रेलियनहरुका अतिरिक्त अन्तर्राष्ट्रिय बिधार्थीहरु तथा अस्थाई बासिन्दाहरुले पनि पर्ने छन् । १० अगस्तमा तपाईको बसोबास कहाँ हुन्छ त्यहि आधारमा जानकारी सहित जनगणना फर्म भर्नका लागि जनगणना बिभागका कार्यकारी निर्देशक एन्ड्रयु हेन्डर्सनले अनुरोध गरेका छन् । जनगणना फर्म भर्नका लागि १० अगस्तलाइ आधार मानिएको छ तर त्यै दिन भर्नु पर्छ भन्ने छैन तर तपाई १० अगस्तको रातमा जहाँ हुनुहुन्छ त्यहिको विवरण दिनुपर्ने हुन्छ । धेरै भन्दा धेरै मानिसहरु सहज ढंगले जनगणनामा सामेल हुन सकुन भन्ने उद्देश्यले जनगणना मोबाइल मार्फत, अनलाइन र कागजी फर्म भरेर पनि सहभागि हुन सकिने छ । यो जनगणनामा बहुसांस्कृतिक समुदायको सहयोगको अपेक्षा गरेको निर्देशक हेन्डर्सनले बताएका छन् ।
जनगणनाबाट प्राप्त सूचनाहरु जस्तै उनीहरु जन्मेको देश, घरमा बोलिने भाषा जस्ता कुराले अप्रवासी तथा शरणार्थीहरुलाई सरकारले निर्माण गर्ने नीति तथा प्रदान गर्ने सुबिधा तथा सहयोगमा महत्वपूर्ण सहायोग प्राप्त हुन्छ ।
बन्दाबन्दि कारण जनगणना फर्म भर्न कठिनाइ भएमा तपाइको आफ्नै भाषामा अनुवादक र दोभाषेको सुबिधा छ । सेवाको लागि १३१४५० मा सम्पर्क गर्न तथ्यांक बिभागले अनुरोध गरेको छ ।
सबै बहुसांस्कृतिक समुदायलाइ जनगणना कार्यक्रममा सहभागी हुन बहुसांस्कृतिक सल्लाहकार समितिका सदस्य Omer Incekara ले आग्रह गरेका छन् ।
“जनगणना द्वारा प्राप्त तथ्यांकले समुदायका संगठनहरु, सरकार र व्यवसायहरुका सेवाहरु र पहलहरु को बारेमा सीधा प्रभाव पार्ने र हाम्रो समुदायलाई चाहिने सहयोग र सुबिधा सम्बन्धि नीति निर्माण गर्न महत्वपूर्ण भूमिका रहने हुनाले अष्ट्रेलियामा भएका सम्पूर्ण बहुसांस्कृतिक समुदायलाई यसमा सहभागी हुन बहुसांस्कृतिक संघका-सल्लहकार Omer Incekara सबैलाई अनुरोध गरेका छन् ।
अष्ट्रेलियामा बस्ने हरेक ब्यक्तिले जनगणनामा सामेल भएर आफ्नो समुदायलाई सहयोग गर्न सक्छन् । जनगणना मार्फत तपाइले प्रदान गर्ने आफु जन्मेको देश र भाषा जस्ता सूचनाले बढ्दो र परिवर्तित बहुसान्स्कृतिक जनसंख्याको झलक दिन्छ र सरकारलाई तदनुसार नीतिनिर्माण गर्न मद्त गर्छ । आफ्नो भाषामा अधिक सुचना लिनको लागि उल्ल्लेखित वेबसाईटमा हेर्न सक्नुहुने छ ।
www.census.abs.gov.au/language
More information
What is the Census?
The Census, held on Tuesday 10 August 2021, is a snapshot of who we are and tells the story of how we are changing. It is one of the largest and most important statistical collections undertaken by the ABS.
People are able to complete the Census online to complete the Census online, on their mobile device or on paper. A number of options are available for people who need assistance to complete their Census form including help from Census staff, and phone and online help.
For in-language support, people can call the Translating and Interpreting Service (TIS National) on 131 450.
Census staff will be in remote communities to help people complete the Census during July and August.
People can complete their Census as soon as they receive their instructions if they know where they’ll be on 10 August. They don’t have to wait until Census night.
There are two new questions in the 2021 Census – the first changes to questions collected since 2006. The new questions are on long-term health conditions, such as arthritis and diabetes, and on defence force participation.
We expect most people will complete their Census online with no in-person contact from us. In some locations, we won’t be able to offer face to face help. However, there are other ways to get help with your Census.
More information on conducting the Census in a COVID-19 environment can be found at Keeping the community safe during COVID-19 | 2021 Census (abs.gov.au)
Census instructions will feature the official Australian Bureau of Statistics logo and the 2021 Census branding. Further information about what the public can expect from us is available at Avoiding scams and false information | 2021 Census (abs.gov.au)
Ads are being translated in up to 29 languages, depending on the channel. There will be in-language advertising across television, radio, print, outdoor channels, digital and social. There are also printed resources, case studies and videos available at www.census.abs.gov.au/language.
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



