नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

लण्डन– बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ ।
संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा. कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डा. सञ्जीव नेपाली, महासचिवमा डा.पारस सिंह, सहसचिवमा डा. रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्वल घिमिरे चयन हुनुभएको छ ।
साधारणसभामा प्राध्यापक जोन डिनोल, डा. स्टिभ पाण्डे, प्रा. पालेश्वान लाखे र डा. थोमस मार्जेट उपस्थित रहनुभएको एसोसिएशनले जानकारी दिएको छ ।
कार्यक्रमा डा. पालेश्वान लाखेले ग्यास्ट्रोइन्टेरोलोजीका बारे आफ्नो धारणा र डा. अरुण बराललगायत चार चिकित्सकले ट्रेनी पेपर प्रस्तुत गरेको सहभागी डा. सुनिल शाहले बताउनुभयो ।
वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा कोरोनाको जोखिम न्यून गर्न काठमाडौँमा रहेको राधास्वामी केन्द्रमा रहेको आइसोलेशन केन्द्रका लागि संस्थाले १० हजार पाउन्ड सहयोग गरेको र देशका विभिन्न ठाउँमा अन्य स्वास्थ सामग्री पठाएर सहयोग गरिएको वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालबाट भर्चुअलरूपमा सहभागी डा. चिन्तामणि योगीले कठिन परिस्थितिमा आफूलाई कसरी मानसिकरूपमा सम्हालेर अघि बढ्न सकिन्छ भन्ने खालको प्रवचन दिनुभएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...