ड्रिमहाई नेपालले ‘मिडिया अवार्ड’ आयोजना गर्ने

काठमाडौं- नेपालमा पहिलो पटक ‘मिडिया अवार्ड’आयोजना गरिने भएको छ ।
अघिल्लो वर्ष नेफ्टा फिल्म अवार्ड आयोजना गरेर चर्चामा आएको ड्रिमहाई नेपालले मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको हो ।
मिडियाका विविध स्वरुप र विधालाई समेटेर ‘नेपाल मिडिया अवार्ड–२०७८’ आयोजना गर्न लागिएको ड्रिमहाई नेपालका निर्देशक कमल जिसीले बताएका छन् ।
जिसीका अनुसार यो कार्यक्रम आगामी मंसिर महिनामा आयोजना हुनेछ ।
नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर यो अवार्ड वितरढा गरिने छ।
‘सेलिब्रेटिङ्ग विथ चेन्ज मेकर्स’ थिममा आयोजना हुन लागेको यो अवार्डले सञ्चारमाध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाहरूको सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ ।
मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजक संस्थाको भनाइ छ ।
तीन वर्षअघि स्थापना भएको ड्रिम हाई नेपालले यसअघि सांगीतिक समुह नेपथ्यको लाइभ कन्सर्ट, अभिनेता अनमोल केसीको कन्सर्ट तथा नेफ्टा फिल्म अवार्ड जस्ता ठूला समारोहहरु आयोजना गरिसकेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...