नेपालमा २४ घण्टामा ३९३८ मा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा पीसीआर (११,८७०) तथा एन्टिजेन (६५३८) गरी कुल १८ हजार ४ सय ८ जनाको परीक्षण गरिएको थियो ।

जस अन्तर्गत पीसीआरतर्फ ३ हजार ७ तथा एन्टिजेनतर्फ ९ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ३७ जना संक्रमितको दुखद निधन भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल ३४ हजार ४ सय २२ जना संक्रिय संक्रमितहरु छन् ।

यो अवधिमा १ लाख १७ हजार ७ सय ७९ जनाले कोरानाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।