सोमबारदेखि नेपालमा ‘खोप सप्ताह’

काठमाडौं- सरकारले यही अगष्ट ९ देखि अगष्ट १६ सम्म नेपालमा ‘खोप सप्ताह’ मनाउने भएको छ ।
बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिनुभएको हो ।
बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ‘खोप सप्ताह’ अवधिमा जापानबाट ल्याइने आठ लाख र भुटानबाट ल्याइने तीन लाख डोज खोप लगाइने बताउनुभयो ।
उहाँले शनिबार र आइतबारसम्म जापान र भुटानबाट खोप ल्याइने पनि बताउनुभयो । साथै उहाँले असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने बताउनुभयो ।
यसैगरी बालबालिकाका लागि फाइजरको ६० लाख जोड खोप ल्याइने प्रक्रिया अगाडि बढाइएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूका बालबालिकालाई लगाइने श्रेष्ठले बताउनुभयो ।
त्यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको एक करोड ४० लाख खोप र विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी एक करोड १३ लाख आउने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...