नेपालमा थपिए कोरोनाका ३७ सय २९ जना नयाँ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३७ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।

यो अवधिमा पीसीआर (९४९३) तथा एन्टिजेन (६१८२) गरी कुल १५ हजार ६ सय ७५ को परीक्षण गरिएको थियो, जसबाट पीसीआरतर्फ २४ सय ३० तथा एन्टिजेनतर्फ १२ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा २५ जना संक्रमितको दुखद निधन भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ सय ८५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल ३४ हजार ९ सय ४२ जना सक्रिय संक्रमितहरु छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा १ लाख २० हजार ८ सय ९९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि स्वास्थ्य तथा जनसंख्याद्वारा अद्यावधिक गरिएको तथ्यांकमा उल्लेख गरिएको छ ।