टोकियो ओलम्पिक २०२० मा चीनको वर्चस्व कायमै

टोकियो – टोकियो ओलम्पिक २०२० मा अब मात्र २४ स्वर्णको नतिजा आउन बाँकी छ ।
आइतबारसम्म चल्ने टोकियो ओलम्पिकको बाँकीको दुई दिनमा २४ स्वर्णको नतिजा आउन बाँकी रहँदा चीनले आफ्नो वर्चश्वलाई यथावत राखेको छ ।
हालसम्म ९१ राष्ट्रले कम्तीमा एक पदक जितेको छ ।
६३ राष्ट्रले कम्तीमा एक स्वर्ण जित्न सफल भएको छ ।
टोकियो ओलम्पिक सम्पन्न हुन लाग्दा चीनले हालसम्म ३८ स्वर्ण जितेको छ,तर उसले सबैभन्दा बढी पदक जित्ने राष्ट्रमा संयुक्त राज्य अमेरिकाभन्दा मुनि दोस्रो स्थानमा छ ।
चीनले कुल ८६ पदक जितेको छ ।
अमेरिकाले भने १०३ पदक जितेको छ ।
अमेरिकाले ३४ स्वर्ण, ३७ रजत र ३२ काँस्य जितेको छ ।
आयोजक जापानले हालसम्म २५ स्वर्णसहित कुल ५४ पदक जितेको छ ।
बेलायतले २० स्वर्णसहित कुल ६३ पदक र रुस ओलम्पिक कमिटिले १९ स्वर्णसहित ६७ पदक जितेको छ ।
कुल पदक जित्नेमा रुस तेस्रो, बेलायत चौथो तथा जापान पाँचौं स्थानमा छन् ।
अष्ट्रेलियाले १७, जर्मनी, इटाली र नेदरल्याण्ड्सले सामान दश दश स्वर्ण जितेको छ ।
फ्रान्स र न्युजिल्याण्डले सामान सात सात स्वर्ण तथा हँगेरी, क्यानाडा, दक्षिण कोरिया, ब्राजिल, क्यूबा, पोल्याण्ड, चेक रिपब्लिक, नर्वे, जमैकाले चार चार स्वर्ण जितेको छ ।
स्पेन, स्वीटजरल्याण्ड, केन्या, डेनमार्क, क्रोएशिया, बेल्जियम, स्लोभेनियाले तीन तीन स्वर्ण जितेको छ ।
स्वीडेन, जर्जिया, चाइनिज ताईपेइ, टर्की, इरान, सर्बिया, बुल्गेरिया, यूगाण्डा, इक्वेडर, इजरायल, उज्वेकिस्तान, ग्रीस, कतार, बहामास, कोसोभोले सामान दुई दुई स्वर्ण जितेको छ ।
२१ राष्ट्रले कम्तीमा एक स्वर्ण जितेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...