नेपालमा बढ्दैछ संक्रमितको मृत्युदर

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो केही दिनदेखि कोरोना भाइरसबाट संक्रमित हुनेहरुको मृत्यदर बढ्न थालेको छ।

पछिल्लो घण्टामा मात्र ५५ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आईतबार अद्यावधिक गरेको तथ्यांक अनुसार यो अवधिमा नेपालमा कोरोना भाइरसका २५ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् ।

यो अवधिमा ९ हजार ३३ पीसीआर तथा ३३ सय ४५ एन्टिजेन गरी कुल १२ हजार ३ सय ७८ जनाको परीक्षण गरिएको थियो ।

जसअन्तर्गत पीसीआरतर्फ २१ सय ३७ तथा एन्टिजेनतर्फ ४ सय ११ मा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ लाख ८४ हजार ३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।