२४ घण्टामा ३६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिमा १० हजार ४ सय ४५ जनाको पीसीआर तथा ६ हजार १ सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्ष्ँण गरिएको थियो ।

ती मध्ये पीसीआरतर्फ २६ सय ९ तथा एन्टिजेनतर्फ १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा २२ जना संक्रमितको दुखद निधन भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ८४ जना संक्रमितहरु नीको भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ छ ।

नेपालमा यो अवधिमा १ लाख ४५ हजार ३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।