दोस्रो खोपले जगाएको आशा

काठमाडौं– थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा ८० वर्षीय वृद्ध हरिबहादुर क्षेत्री सोमबार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध हुनुहुन्थ्यो ।
उहाँले २०७७ साल फागुनमै कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनुभएको थियो ।
दोस्रो मात्रा लगाउने पर्खाइमा रहनुभएका उहाँ बल्लबल्ल खोप लगाउन पाउने आशामा हुनु हुन्थ्यो ।
उहाँले पहिले त खोप लगाएर कोरोनाबाट बाँचिन्छ भन्ने सोच्नुभएको थिएन, पछि खोपले मात्र बच्न सकिने रहेछ भन्ने थाहा भइसकेपछि कोभिसिल्ड खोप लगाउनु भएको थियो ।
खोप लगाएर बाँचिन्छ भन्ने के आशा छ भन्ने प्रश्नमा क्षेत्री भन्नु हुन्छ(‘पहिले म मात्र होइन बाबु, सबैजना खोप लगाउन अन्योलमा थियौँ । के हो के हो भन्ने थियो तर विस्तारै बुझ्दै जाँदा खोप लगाइसकेपछि कोरोनाबाट मरिने रहेनछ भन्ने बुझियो ।ु
अलि चाँडो खोप पाइन्छ भन्ने थियो भन्दै क्षेत्रीले भन्नुभयो(ुपहिलो मात्रा खोप लगाएको छ महिनापछि खोप लगाउन पाइयो ।’
उहाँमा कोभिसिल्डबाहेकको खोप भए पनि एउटै फर्मुलाबाट बनेको हुनाले खोपले केही असर गर्छ कि भन्ने कुनै डर छैन ।
यस्तै शङ्खमूल बस्ने विष्णुकुमारी शर्मा ७७ वर्षको हुनुभयो ।
उहाँ पनि खोप लगाउन आतुर हुनुहुन्छ ।
‘बाबु मलाई त छोराले खोप लगाउन ल्याएको होु, उहाँले भन्नुभयो-‘कोरोनाबाट बचिन्छ भन्ने मात्र थाहा छ ।’
उहाँले खोप लगाइसकेपछि भने ढुक्क भएको अनुभव सुनाउनु भयो ।
यसअघि पनि आफू घरबाट कहिल्यै बाहिर ननिस्किएको भन्दै उहाँले आफ्नै कोठामा टीभी जोडिदिएकाले सधैँ टीभी हेरेर बस्ने गरेको बताउनु भयो ।
कोरोनाबाट सधैँभरि धेरै मानिसको मृत्यु भइरहेको भन्ने सुन्दा उहाँलाई दिक्क लागेको छ ।
उहाँले छोराले कोरोनाबाट बचिन्छ भनेर खोप लगाउन ल्याएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा। झलक गौतमले कोभिसिल्ड लगाएकाका लागि दोस्रो चरणको खोपमा उत्साहजनक ढङ्गले सहभागिता रहेको बताउनुभयो ।
डा। गौतमले हालसम्म सबै ठाउँमा कतिले खोप लगाए भन्ने यकिन तथ्याङ्क आउन नसकेको भन्दै जुन ठाउँमा खोप अभियान सञ्चालन भएको छ, त्यहाँ खोप अभियान प्रभावकारी ढङ्गले सञ्चालन भएको दाबी गर्नुभयो ।
उहाँले एस्ट्राजेनेका खोपको मिति छिट्टै सकिने बताउनुभयो ।
त्यसको प्रभावकारिता कस्तो रहन्छ भन्ने प्रश्नमा भुटानबाट आएको खोपको मिति सकिन लागेको स्वीकार्दै उहाँले अगस्ट महिनाभरि त्यसको समय रहेकाले ढुक्कसँग लगाउँदा हुने बताउनुभयो ।
भुटानबाट ल्याएको खोपको अवधि सकिन लागेकाले उपत्यकाबाहिर नपठाएको भन्दै उहाँले उक्त खोप उपत्यकामै खपत हुने जानकारी गराउनुभयो ।
सरकारले कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्रा लगाउन सुरु गरेको हो ।
भुटान र जापानबाट एस्ट्राजेनेका खोप आएपछि झन्डै छ महिनाअघि कोभिसिल्ड लगाएका ६५ वर्षमाथिका साढे नौ लाखसहित १३ लाख ६८ हजार व्यक्तिलाई दोस्रो मात्रा खोप दिइएको हो ।
डा। गौतमले बागमती, गण्डकी र लुम्बिनीमा कोभिसिल्ड लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका दिइएको जानकारी दिनुभयो ।
उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत खोप गइसकेको जानकारी दिनुभयो ।
अहिले पाँचवटा प्रदेशमा पाँच महिनाअघि पहिलो डोज लगाएकाको सङ्ख्यालाई पुग्ने गरी एस्ट्राजेनेका खोप पठाइएको उहाँको भनाइ छ ।
यसअघि भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड निर्यातमा रोक लागेपछि दोस्रो डोज खोप लगाउनबाट लाखौँ मानिस वञ्चित भएका थिए ।
पछिल्लो समय भुटानबाट दुई लाख ३० हजार र जापानबाट कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख मात्रा खोप आएपछि दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले कोभिसिल्डको दोस्रो मात्राको एस्ट्राजेनेका खोप दिएको जानकारी दिनु भएको समाचार गोरखापत्रमा प्रकाशित छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



