२४ घण्टामा ४९०४ मा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो अवधिमा १३ हजार २ सय १७ जनाको पीसीआर तथा ५९ सय ६ जनाको एन्टिजेन गरी कुल १९ हजार १ सय २३ जनाको परीक्षण गरिएको थियो ।

जस अन्तर्गत पीसीआरतर्फ ३१ सय ९४ तथा एन्टिजेनतर्फ १७ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ३५ जना संक्रमितको दुखद निधन भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल ३७ हजार ३ सय ३२ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा १ लाख ३२ हजार २ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अद्यावधिक गरिएको तथ्यांकमा जनाइएको छ ।