अष्ट्रेलिया नेपाली समाजद्वारा बाढी प्रभावितलाई सहयोग

मेलम्ची– अष्ट्रेलियाको ब्रिसवेनवासी नेपाली समाज र युनाइटेड गोर्खा भलिबल क्लबद्वारा संकलित रकम मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरुलाई सहयोग गरिएको छ ।
अष्ट्रेलिया निवासी जयबिक्रम सिलवालको सहकार्यमा संकलित ३ लाख १४ हजार १ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।
आज मेलम्चीमा कार्यक्रम गरी समाजसेवी गणेशबिक्रम सिलवाल र किरणदीप खड्काले प्रभावितहरुलाई संकलित रकम हस्तान्तरण गर्नुभएको हो ।
संकलित रकमबाट मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समितिलाई १ लाख, पाँचपोखरी थाङपाल गाउँपालिकालाई ५० हजार, चनौटे युवा क्लबलाई ३० हजार, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ लाई ३० हजार, हेलम्बु गाउँपालिकालाई ५० हजार, तेर्से माविलाई ४० हजार र रेडियो मेलम्चीलाई १४ हजार १ सय रुपैयाँ प्रदान गरिएको छ ।
त्यसैगरी फ्रान्समा बस्ने नीराजन खड्का, क्यानडाका प्रतिज्ञा कार्की, उदयपुरका सन्तोष दाहाल, सविता खड्का, लोकेन्द्र तामाङ र राष्ट्रिय मावि, उदयपुर, गाईघाट २०६२ व्याचबाट संकलित रकम पनि प्रदान गरिएको छ ।
उक्त रकमबाट अन्य प्रभावितलाई २६ हजार र मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समितिलाई १५ हजार हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बाढी प्रभावितहरुको तर्फबाट सागरकुमार श्रेष्ठले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सहयोग रकमले मेलम्ची बजारको संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...