३,२६० जनामा कोरोना संक्रमण, ३२ संक्रमतिको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३,२६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमतिको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ भने ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० जना रहेका छन् ।