कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनु भएको छ ।
२०७४ सालको चुनावमा रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसी लुम्बिनीको दोस्रो मुख्यमन्त्री बन्नु भएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
उहाँले अहिले केही वेरमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ ।
बुधबार मुख्मन्त्री शंकर पोखरेलले राजिनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न विहिवार ३ बजेसम्मको समयसीमा दिनु भएको थियो ।
जस अनुसार, केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक जना सूर्य चिन्ह लिएर चुनाव लडेका सांसद सहित ४२ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...