एसोसिएसन अफ नेपाल तराइ इन अष्ट्रेलियाको साधारणसभा सम्पन्न 

सुबांश शाहको अध्यक्षतामा नयाँ कार्य समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन २९, २०७८
नेपालको तराइ क्षेत्रबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबसाय र अध्यान अध्यापनमा रहेकाहरु बिच साठ सहयोग र भाइचारा बढाउने उदेश्यले साझा चौतारीको रुपमा स्थापित एसोसिएसन अफ नेपाल तराइ इन अष्ट्रेलिया (एन्टा) को बार्षिक  साधारणसभा  गत १ अगस्तका दिन भर्चुवल माध्यामले सम्पन्न भएको छ । साधारणसभाले  सुबांश शाहको अध्यक्षतामा नयाँ कार्यसमितिकोचयन गरेको छ ।
साधारण सभाले महम्मद जमुद्दीन हवारीलाई उपाध्यक्षमा, कन्चन ठाकुरलाई महासचिबमा, बिकाश कुमार झालाई कोषाध्यक्षमा, राकेश कुमार शाहलाई को-अर्ड्रिनेटरमा र अशोक यादबलाई पब्लिक अफिसरमा चयन गरेको छ । यसै गरि संस्थाका कार्यसमिति सदस्यहरुमा बितेश कुमार सिंह, पंकज शाह, जितेन्द्र शाह, नबिन यादब, रञ्‍जित गुप्ता, रुपक अधिकारी, महोम्मद सैफुल्ला र रंजित कुमार दास सर्बसम्मत चयन भएका छन् ।
बिगतमा पाँच बर्ष संस्थाको अध्यक्षको रुपमा र अरु ४ बर्ष अन्य महत्वपूर्ण पदमा रही कार्य गरि सके पछाडी पुन: सबै साथिहरु को अनुरोधमा सर्बसम्मत आफुले यो जिम्मेवारी लिएको नवनिर्बाचित अध्यक्ष सुबांश शाहले बताए । बिगतमा जस्तै होलि र छठ पर्ब सामुहिक रुपमा मनाउने परम्परालाई अझ ब्यापक बनाउदै नेपाली समुदाय र बृहत्तर मल्टीकल्चर अष्ट्रेलियन समुदायमा बीच नेपालको तराइ क्षेत्रको चाडबाड रहन सहनलाई परिचित बनाउने कार्यमा सधै लाग्ने अध्यक्ष शाहले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए।
बिगतमा पनि संस्थाले बिबिध सामाजिक र परोपकारी कार्यहरु गर्दै नेपाली समुदायका सबै संघसंस्थाहरु संग हातेमालो गर्दै आइरहेको छ।