कोरोना प्रभावितलाई केन्द्रमा राखेर मौद्रिक नीति

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं-कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ ।

कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ ।

कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप रु दुई लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ ।

स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोर, ब्याजदर स्थायित्व कामय हुने गरी व्यवस्थापन गरिएको छ ।

यस्तै, विप्रेषण बैंक तथा वित्तीय संस्थामा राखेको अवस्थामा थप ब्याज पाउने नयाँ व्यवस्था नीतिमा गरिएको छ ।

गभर्नर अधिकारीका अनुसार विप्रेषण रकम बैंकिङ प्रणालीमा राखिएको सन्दर्भमा हाल पाउने ब्याजदरमा थप एक प्रतिशत बढी पाउने व्यवस्था गरिएको छ ।

सरकारले अघिल्लाे आर्थिक वर्षमा व्यवस्था गरिए अनुसार पुनरकर्जा रकमको अधिकतम सिमा नघट्ने गरी पुर्नकर्जा सुविधा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ ।

गभर्नर अधिकारीले कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको सिघ्र पुनः उथानको लागि कार्यान्वयनमा ल्याइएको पुनःकर्जाको विधमान व्यवस्थालाई निरन्तरता दिँदै गत आर्थिक वर्षमा व्यवस्था गरिएको पुनःकर्जा रकमको अधिकतम सीमा नघट्ने गरी पुनःकर्जा सुविधान उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिनुभएको हो ।

साथै उहाँले पुनःकर्जा सेवा उपलब्ध गराउँदा लघु, घरेलु, साना तथा मझौला उद्यम व्यवसायलाई प्रथमिकता दिइने समेत बताउनुभयो ।

यसैगरी कोभिड महामारीका कारण संकट ग्रस्त उद्योग, पर्यटक, व्यवसाय, सञ्चार, यातायात, पाटी प्यालेस, व्यामशाला, सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका व्यवसाय पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने गभर्नर अधिकारीले बताउनुभयो ।