२४ घण्टामा थपिए १९४७ संक्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ६६७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै, चार हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६७७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ३२० जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
योसँगै दश हजार २५९ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म ९३.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा अहिले ३९ हजार ४०५ जना सक्रिय सङ्क्रमित छन्, जसमा ७६० जना सघन कक्षमा र १८६ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनु भएको छ ।
त्यस्तै ३६ हजार दुई जना होम हाइसोलेशनमा, ३४ सय तीन जना संस्थागत आइसोलेशनमा र ४११ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...