संघीय गठबन्धनको काठमाडौं केन्द्रित आन्दोलन प्रारम्भ
काठमाडौं— आन्दोलनरत संघीय गठबन्धनले हिजो शनिवारदेखि प्रारम्भ गरेको सिंहदरबार घेराउ कार्यक्रमको दोस्रो दिन आज आइतवार काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । सिंहदरबार आसपासका क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ भने चक्रपथ हुँदै भित्री बाटो माइतीघर, त्रिपुरेश्वर, थापाथली, कालिमाटी, कलंकी चल्ने गाडीलाई चक्रपथकै रुटमा डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गठबन्धनका कार्यकर्ताले बिहान एउटा सरकारी जीपमा तोडफोड गरेका छन् । बा १ झ ३६१० नम्बरको सरकारी जीप तोडफोड भएको हो । गठबन्धनका कार्यकर्ता अहिले सिंहदरबार आसपासमा जम्मा भएका छन् । प्रहरीले सिंहदरबारभित्र र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदर्शनमा लाठी लैजान निषेध गरिएको र लाठी बोक्नेलाई कारबाही हुने प्रहरीले जनाएको छ । आन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार मोर्चाले शनिवार पनि काठमाडौंमा प्रदर्शन गरेको थियो । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको गठबन्धनले यसअघि ६ महिनासम्म तराईमा आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । सरकार आफ्ना ११ बुँदे मागप्रति गम्भीर नभएको गठबन्धनको आरोप छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...