संघीय गठबन्धनको काठमाडौं केन्द्रित आन्दोलन प्रारम्भ

काठमाडौं— आन्दोलनरत संघीय गठबन्धनले हिजो शनिवारदेखि प्रारम्भ गरेको सिंहदरबार घेराउ कार्यक्रमको दोस्रो दिन आज आइतवार काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । सिंहदरबार आसपासका क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ भने चक्रपथ हुँदै भित्री बाटो माइतीघर, त्रिपुरेश्वर, थापाथली, कालिमाटी, कलंकी चल्ने गाडीलाई चक्रपथकै रुटमा डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गठबन्धनका कार्यकर्ताले बिहान एउटा सरकारी जीपमा तोडफोड गरेका छन् । बा १ झ ३६१० नम्बरको सरकारी जीप तोडफोड भएको हो । गठबन्धनका कार्यकर्ता अहिले सिंहदरबार आसपासमा जम्मा भएका छन् । प्रहरीले सिंहदरबारभित्र र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदर्शनमा लाठी लैजान निषेध गरिएको र लाठी बोक्नेलाई कारबाही हुने प्रहरीले जनाएको छ । आन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार मोर्चाले शनिवार पनि काठमाडौंमा प्रदर्शन गरेको थियो । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको गठबन्धनले यसअघि ६ महिनासम्म तराईमा आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । सरकार आफ्ना ११ बुँदे मागप्रति गम्भीर नभएको गठबन्धनको आरोप छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...