नेपालमा थप २४ सय ५६ जनामा संक्रमण पुष्टि, २७ को निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २४ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

११ हजार ५ सय ६५ जनाको पीसीआर गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यो अवधिमा ६ हजार १ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २७ जना संक्रमितको दुखद निधन भएको छ ।

यो अवधिमा १९ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ३९ हजार ८ सय ७१ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टाम १ लाख ४४ हजार ५ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।