नेपालमा २४ घण्टामा ४२ संक्रमितको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा दुई हजार ६१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार १०४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ४२ जनाको मृत्यु भएको छ ।

योसँगै दश हजार ३९६ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म ९३.१४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।