नेपालमा २४ घण्टामा २६ जना संक्रमितको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ५३० आरटी पीसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, सात हजार १२४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २४४ जना कोरोना संक्रमित निको भएका छन् ।

योसंगै सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ ।

संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ ।

योसँगै दश हजार ४५५ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म ९३ दशमलव १४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।