एनआरएनए अष्ट्रेलियाको नवनिर्बाचित पदाधिकारीहरु को सपथ ग्रहण सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
 सिड्नी, अष्ट्रेलिया । नवनिर्बाचित एनआरएनए अष्ट्रेलियाका पदाधिकारीहरु लाई अगस्त २१ का दिन एक भर्चुवल समारोह आयोजना गरि पद तथा गोपनियताको सपथ ग्रहण सम्पन्न गरिएको छ । गत जुलाई ३१ मा पूर्ण अनलाईनमा सम्पन्न निर्बाचनबाट निर्बाचित सबैलाई अहिलेको विषम परिस्थितिमा भौतिक रुपमा उपस्थिति भएर अधिबेशन सम्पन्न गर्न देखिएको अप्ठ्यारोको कारण नवनिर्बाचित समितिलाई आफ्नो कार्य सुचारु गर्न सजिलो होस् भनि अधिबेशन अगावै सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको एनआरएनए अष्ट्रेलियाका पब्लिक अफिसर कोमल राज पठाकले बताए।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कंडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय संरक्षक शेष घलेले निबर्तमान हुदै गरेको बर्तमान कार्यसमितिले गरेको कार्यको प्रसंशा गर्दै आउने कार्यसमितिले ति कार्यहरु निरन्तरता दिदै नवनिर्बाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए । यसै गरि एनआरएनए अष्ट्रेलियाका केन्द्रिय उपाध्यक्ष मन केसीले पनि एनआरएनए अष्ट्रेलियाले गरेको हरेक कार्यहरु बिश्व एनआरएनए मै सह्रानीय रहेको कुरा व्यक्त गर्दै नवनिर्बाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । शुभकामना कै क्रममा एनआरएनए ओसेनियाका संयोजक होम पाण्डे, ओसेनियाका महिला संयोजक जानकी पौडेल, ओसेनियाका सह-संयोजक नबिन कंडेल, आइसीसी सदस्यहरु दुर्गा आचार्य, नारायण काफ्ले, छबि सापकोटा, पुर्ब केन्द्रिय प्रबक्ता रन्जु थापा, एनआरएनए अष्ट्रेलियाका पुर्ब अध्यक्षहरु टोनु घोताने, गणेश केसी, एनआरएनको संस्थापक संरक्षक इन्द्रा बन, लागाएतले नवनिर्बाचित टिमलाई कार्यसफलताको शुभकामना दिएका थिए भने कार्यक्रम एनआरएनए अष्ट्रेलियाका पब्लिक अफिसर कोमल राज पठाकले संचालन गरेका थिए।
कार्यक्रमको महत्वपूर्ण पाटोको रुपमा रहेको सपथ ग्रहण कार्यक्रमको संयोजन गर्दै केन्द्रिय निर्बाचन समितिका प्रमुख सुरेन्द्र सिग्देलले उपस्थित नवनिर्बाचित पदाधिकारीहरु लाई पद तथा गोपनियताको सपथ सपथ गराउनु भएको थियो।  सपथ ग्रहण संगै सिग्देलले सिङ्गो निर्बाचन समितिका सदस्यहरु लाई धन्यबाद दिदै यो अवसरका लागि सम्पूर्ण एनआरएनए अष्ट्रेलिया कार्य समिति र एनआरएनए अष्ट्रेलिया परिवारलाई धन्यवाद दिएका थिए।
सपथ ग्रहण संगै नवनिर्बाचित अध्यक्ष नन्द गुरुङ्गले एनआरएनएका सबै अभियन्ताहरु को यस संस्थामा पुराएको देनलाई स्मरण गर्दै आफुलाई यो जिम्मेवारीमा पुराउने सम्पूर्ण मतदाताहरु, निर्बाचन समिति, सम्पूर्ण एनआरएनए परिवारलाई धन्यवाद व्यक्त गरे । आफुले पाएको यो एतिहासिक जिम्मेवारीलाई तनमनले पुरा गर्ने प्रतिबद्दता व्यक्त गर्दै बिगतमा एनआरएनएले गरेका सम्पूर्ण कार्यहरुको निरन्तरता दिने पनि बताए । एनआरएनए अष्ट्रेलियालाई एउटा उचाइ दिन आफु सबैको सल्लाहा र सहकार्यले अगाडी बढ्ने बताउदै सबैको सहयोग र सहभागिताको लागि अनुरोध गरे।
यसै गरि सपथ ग्रहण संगै निबर्तमान अध्यक्ष केशब कंडेल आफ्नो दुइ बर्षे कार्यकालमा सहयोग पुराउने सम्पूर्णमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै आफुले एनआरएनएको आगामी अधिबेशको निर्धारित क्यलेडरमा नवनिर्बाचित पदाधिकारीहरु संग अन्तिम समय सम्म आफुले निरन्तर सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै नवनिर्बाचित कार्यसमितिलाइ धन्यवाद र शुभकामना व्यक्त गरेका थिए । कंडेलले कोभिडको यो अप्ठ्यारो परिस्थितिमा समुदायमा अग्र स्थानमा रहेर योगदान दिने सबैलाई स्मरण गरे। बिगत २ बर्षको एक अप्ठ्यारो स्थितिमा आफ्नो स्वास्थ र परिवारको समयलाई मिलाएर जति कुराहरु गर्यौ त्यो एउटा उदाहरणीय रहेको विचार व्यक्त गर्दै रहेका कामहरु पुरा गर्न आफु आउँदो समिति संग नजिक रहेर सधै काम गर्ने पनि कंडेलले बताए। यसै गरि छोटो समयमा आजको कार्यक्रममा उपस्थित भइ अधेबेशनको पहिलो र महत्वपूर्ण आजको सत्रमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल सरकारको प्रतिनिधि गर्ने बाणिज्यदुत र महाबाणिज्यदुतहरु, राजदुताबासका प्रतिनिधि, एनआरएनए अभियानका अभियन्ताहरु निबर्तमान कार्यसमितिका पदाधिकारीहरु, निर्बाचन समितिका सदस्यहरु लागाएतको उपस्थित थियो।