सिहदरबार घेर्न आएका यी विदेशी को हुन् सरकार बेखबर

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र जनजाति अभियानसम्बद्ध केही दलले आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रममा नेपाल घुम्न आएका विदेशी नागरिक पनि देखिए ।
‘लिम्बुवान’ लेखिएको रातो कपडा टाउकोमा बाँधेर करिब ४ जना विदेशी युवायुवती मधेसी दलको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएका थिए ।
हजारौं सुरक्षाकर्मीको उपस्थितिबीच उनीहरु मधेसी मोर्चा र जनजातिसम्बद्ध दलका कार्यकर्तासँगै नाराबाजीमा मात्रै उत्रिएनन्, धर्ना बस्नसमेत भ्याए ।

मधेस आन्दोलनका पक्षमा स्टाटस लेखेकै कारण सरकारले केही समयअघि एक विदेशी नागरिकलाई देश निकाला गरेका बेला फेरि विदेशी नागरिक पनि आन्दोलनमा सहभागी हुँदै सडकमै उत्रिएका हुन् ।
विदेशी नागरिक समेत मधेसी मोर्चाको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएको अवस्थामा गृहमन्त्रालयले भने अनभिज्ञता प्रकट गरेको छ ।
गृहमन्त्रालय स्रोतले सिंहदरबार घेराउका क्रममा मधेसी मोर्चाका नेता कार्यकर्ता सडकमा उत्रेको सबै स्थानको रिर्पोट आइनसकेकाले आन्दोलनमा विदेशी नागरिकको सहभागिता पुष्टि भइनसकेको जनाएको छ ।
नेपालको अध्यागमन कानुनले विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा सहभागी हुन निषेध गरेको छ । सिंहदरबार घेर्न पुगेका विदेशीबारेमा गृहले अनभिज्ञता प्रकट गरिरहँदा उनीहरु कुन् देशका नागरिक हुन् भन्ने पनि खुल्न सकेको छैन ।
यसअघि क्यानाडाका नागरिक रोबर्ट पिनरले मधेस आन्दोलनका समर्थनमा सामाजिक सञ्जालमा लेखेपछि सरकारले उनको भीसा रद्ध गरिदिएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...