सिहदरबार घेर्न आएका यी विदेशी को हुन् सरकार बेखबर

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र जनजाति अभियानसम्बद्ध केही दलले आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रममा नेपाल घुम्न आएका विदेशी नागरिक पनि देखिए ।
‘लिम्बुवान’ लेखिएको रातो कपडा टाउकोमा बाँधेर करिब ४ जना विदेशी युवायुवती मधेसी दलको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएका थिए ।
हजारौं सुरक्षाकर्मीको उपस्थितिबीच उनीहरु मधेसी मोर्चा र जनजातिसम्बद्ध दलका कार्यकर्तासँगै नाराबाजीमा मात्रै उत्रिएनन्, धर्ना बस्नसमेत भ्याए ।
मधेस आन्दोलनका पक्षमा स्टाटस लेखेकै कारण सरकारले केही समयअघि एक विदेशी नागरिकलाई देश निकाला गरेका बेला फेरि विदेशी नागरिक पनि आन्दोलनमा सहभागी हुँदै सडकमै उत्रिएका हुन् ।
विदेशी नागरिक समेत मधेसी मोर्चाको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएको अवस्थामा गृहमन्त्रालयले भने अनभिज्ञता प्रकट गरेको छ ।
गृहमन्त्रालय स्रोतले सिंहदरबार घेराउका क्रममा मधेसी मोर्चाका नेता कार्यकर्ता सडकमा उत्रेको सबै स्थानको रिर्पोट आइनसकेकाले आन्दोलनमा विदेशी नागरिकको सहभागिता पुष्टि भइनसकेको जनाएको छ ।
नेपालको अध्यागमन कानुनले विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा सहभागी हुन निषेध गरेको छ । सिंहदरबार घेर्न पुगेका विदेशीबारेमा गृहले अनभिज्ञता प्रकट गरिरहँदा उनीहरु कुन् देशका नागरिक हुन् भन्ने पनि खुल्न सकेको छैन ।
यसअघि क्यानाडाका नागरिक रोबर्ट पिनरले मधेस आन्दोलनका समर्थनमा सामाजिक सञ्जालमा लेखेपछि सरकारले उनको भीसा रद्ध गरिदिएको थियो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...