जेनिशा गौतमको ‘आहै बरीलै’ (भिडियाे सहित)

अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएकी गायिका जेनिशा गौतमको बेजोड अभिनयमा एउटा सुन्दर गाना ‘आहै बरिलै, पर्खेर बस्याछु झट्टै आउनु है’ को म्यूजिक भिडियाे हालै सार्वजनिक भएको छ । जेनिशा आफै समुदायमा चिर परिचित गायिका हुन् तर यो गीतमा भने उनले मोडेलिंङ् मात्र गरेकी छन् ।
किरन भण्डारीको शब्द संगितमा रहेको ‘आहै बरी लै’ भिडियो गीतमा मिलन नेवारको स्वर रहेको छ । अष्ट्रेलियाको सिड्नीको सेरोफेरोमा छायांकन गरिएको यो म्युजिक भिडिओमा अष्ट्रेलियाको समुन्द्री तट र पार्कहरुको दृश्य देख्न पाइन्छ ।
लामो समयदेखि सिड्नीको पश्चिममा बसोबास गर्दै आएकी जेनिशाले बिगतमा ‘अक्षिता रानी’, ‘माया बराबरी’ जस्ता भिडियो गानाहरु पस्किसकेकी छन् | आफु डान्सर भएकोले विभिन्न सामुदायिक कार्यक्रमहरुमा आफ्नो नृत्य प्रदर्शन गरेको बताउने जेनिशाले नेपाली र अन्य समुदायले आयोजना गरेको कार्यक्रमहरुमा पनि आफ्नो नृत्य प्रस्तूत गरिरहेको बताउछिन् | नेपाली संगीत र संस्कृतिलाई जीवन्त राख्न र अन्य समुदायसम्म पुर्याउन कोभिड लक्डाउन सहज भए लगत्तै आफू बिगतमा झैँ सामुदायिक कार्यक्रमहरुमा अरु आकर्षक नृत्य लिएर सहभागी हुने बताइन् |
नेपालमा रहदा आफुले विभिन्न स्कूलहरुमा नृत्य सिकाउने र कन्सर्टहरु गरेको नेपाली टाइम्स लाई बताइन | तपाइलाई नृत्य र अभिनय गर्ने प्रेरणाको श्रोत के हो भन्ने प्रश्नमा “नाच मेरो सौखको बिषय हो, यसले हाम्रो कला संस्कृति बचाउने, आफुलाई सुखी, खुशी र स्वास्थ्य राख्नकालागि पनि मैले नृत्यलाई निरन्तरता दिन मन पराउछु” उनले थपिन |
शृंगार पवित्रा धुंजाना सिम्खडाको रहेको यस भिडियोका सिनेमेटोग्राफर दिपक आले हुन् । त्यस्तै, विकास दाहालद्धारा सम्पादन गरिएको उक्त गीतको निर्देशन भने पेन्टर कृष्णले गरेका छन् ।
आफुले अभिनय गरेको गानाहरुलाइ मन पराइ दर्शकहरुले दिनु भएको रचनात्मक र सकरात्मक सुझावका लागि जेनिशाले सबै प्रति आभार व्यक्त गर्दै दर्शकहरुले दिनु भएको यो हौसलाले आफूहरु छिट्टै अर्को प्रस्तुती पस्किने प्रेरणा मिलेको जेनिशाले नेपाली टाइम्स लाइ बताएकी छन्
पोष्ट वर्क नेप्से फिल्मस् स्टुडियो, मलाइगाँउ, काठमाडौंको रहेको यस गीतको पोष्ट प्रोडक्सन हेड मनिषा पोखरेल रहेकी छन् । हेर्नुहोस् भिडियोमा ‘आहै बरीलै’
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



