ब्ल्याकटाउन नेपाली कम्युनिटीको साधारण सभा सम्पन्न
सिताराम घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति गठन

सिड्नीको पश्चिमी क्षेत्रमा पर्ने ब्ल्याक टाउन काउन्सिलमा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा २०१६ स्थापित भइ बिबिध सामाजिक एबं परोपकारी कार्यमा अग्रिणी भूमिका खेल्दै आइरहेको ब्ल्याकटाउन नेपाली कम्युनिटी (बीएनसि) को तेस्रो साधारण सभा हालै २१ अगस्तका दिन सम्पन्न भएको छ । अहिलेको कोभिडको यो अप्ठ्यारो परिस्थितिमा अनलाइन (भर्चुवल) माध्यमबाट सम्पन्न उक्त साधारण सभाले आउने कार्यकालको लागि सिताराम घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरु मा दुइ उपाध्यक्ष सरास्वती घिमिरे र दिपेन्द्र उप्रेती, सचिबमा प्रकृति श्रेष्ठ, सहसचिबमा बिशाल पोख्रेल, कोषाध्यक्षमा निराजन बिसुराल रहेका छन् । त्यस्तै सदस्यहरुमा शैलेन्द्र कार्की, मदन धौरालि, रुप राज मैनाली, रोशन लामिछाने, दीपा जोशी, दिपक अर्याल, अनिता श्रेष्ठ, अनिल पोख्रेल, शर्मिला शर्मा र सुनिल मानन्धर रहेका छन्।
संस्थाले २०१९ बाट संचालनमा ल्याएको सम्झना पाठशालाले यस क्षेत्रका नेपाली समुदायका बाबु नानीहरु लाई नेपाली भाषा, रहन सहन लगाएत नेपाली गायन, नृत्य, मार्शल आर्ट, चित्रकला लगाएत बिबिध गतिबिधि र कक्षाहरु संचालन गरि उदाहरणीय कार्य गर्दै आइरहेको छ । समुदायमै उच्च मुल्यांकन भएको सम्झना पाठशालाका सबै कक्षाहरु को निरन्तरता, जनजीवन सामान्य हुदै गए पछि बिबिध अभिभाबक कार्यक्रम, बिबिध चाडपर्बहरु लगाएत यस क्षेत्रमा हुने बिबिध कार्यक्रमहरुमा नेपाली समुदायलाई प्रतिनिधित्व गर्दै सहभागी हुने लगाएतका कार्यहरु लाई निरन्तरता दिदै आउँदो २ बर्षको लागि निम्न थप कार्यक्रम गर्ने पनि निर्णय गरेको छ।
* ब्ल्याकटाउन काउन्सिलमा बसोबास गर्नुहुने युवा तथा दोस्रो पुस्ताका बाबु-नानीहरूलाई समेट्नको लागि BNC Youth Forum स्थापना गरिने, उक्त फोरममा हाम्रा छोराछोरीहरु संलग्न भई कार्यक्रम सञ्चालन गर्नेछन् । प्रत्येक महिनाको पहिलो आइतबार बेलुकी ६ बजे देखि जुम मर्फत हाजिरी जवाफ प्रतियोगिता, Success stories, Motivation class and पढाइ सम्बन्धि information class हरु जस्ता कार्यक्रम संचालन गरिनेछ । यो कार्यक्रमले दोस्रो पुस्ताका बाबु-नानीहरु एक अर्का बीच परिचय हुनेका साथै आफ्ना कुरा सेयर गर्ने प्ल्याटफर्म बन्नेछ।
*ब्ल्याकटाउन काउन्सिलमा बस्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्नकोलागि BNC Youth for Excellence Award कार्यक्रमको सुरुवात गरिनेछ । स्कुलबाट लिईने HSC Exam, Selective Exam र Opportunity Class Exam मा सबैभन्दा बढी नम्बर ल्याउने र NSW State लेवलको खेलकुद प्रतियोगितामा पुग्न सफल खेलाडी तथा विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित प्रत्येक वर्ष सम्मान गरिनेछ।
*ब्ल्याकटाउन काउन्सिलमा बसोबास गर्ने हाम्रा छोरा छोरीहरु को लागी वर्षमा एकपटक Sports Day आयोजना गरिनेछ उक्त कार्यक्रम BNC को साथै कमिटीमा रहेका खेलकुदमा सक्रिय संस्थाहरु अन्नपूर्ण स्पोर्ट्स क्लब तथा Doonside Dynamites जस्ता कल्बहरु सँग सहकार्य गरी Soccer, Running, High Jump जस्ता प्रतियोगिता आयोजना गरिनेछ।
*कोभिडका कारणले लक्डाउनमा रहेको नेपाली समुदायलाई संस्थाको फेसबुक तथा भाइबरबाट सूचनाहरु उपलव्ध गराउने तथा Virtual Door Knock कार्यक्रम आयोजना गरिनेछ।
द नेपाली टाईम्स संगको कुराकानीमा नवनिर्बाचित अध्यक्ष सिताराम घिमिरेले अहिलेको विषम परिस्थितिमा सम्पन्न यो साधारण सभा पश्चात, स्थिति सामान्य बन्दै गए पछाडी संस्थाले बिबिध कार्यक्रमहरु लिएर आउने बताए । अहिलेको यो अप्ठ्यारो समयमा राज्य सरकारका सबै स्वास्थ मापदण्ड पालन गर्न, आफ्नो एबं परिवारको स्वास्थ र सुरक्षामा चनाखो हुन पनि घिमिरेले समुदायका सबै सदस्यहरु लाई आग्रह गरे । संस्थाले आफुलाई दिएको यो जिम्मेवारी आफुले सतप्रतिशत पुरा गर्ने प्रतिबद्दता व्यक्त गर्दै संस्थाको निर्माण देखि आज सम्म सहयोग गर्ने सबै अग्रज, यहाँका राजनीतिज्ञहरु लगाएत सबै स्पोन्सरहरु मा घिमिरेले धन्यवाद व्यक्त गरे।


सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



