नेपालमा थपिए कोरोना भाइरसका थप २ हजार २० संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप २ हजार २० जना संक्रमित थपिएका छन् ।

यो अवधिमा ९ हजार ९ सय ९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै यो अवधिमा ४ हजार ९ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा कुल ५ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको दुखद निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांक अनुसार यो अवधिमा २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।

यतिबेला देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० छ ।