राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाउने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाउने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघिको व्यवस्थालाई नै निरन्तरता दिँदै एक साता निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै यही भदौ १६ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख गरेको हो ।

सबै प्रकारका सभा, सम्मलेन, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेल लगायत गतिविधी गर्न रोक लगाइएको छ ।

शैक्षिक संस्थाले भौतिक उपस्थितीमा पठन पाठन गराउन नपाउने यद्यपि तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर परिक्षा सञ्चालन गर्न भने पाइने सूचनामा उल्लेख छ ।

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जारी गर्नुभएको निषेधाज्ञा सम्बिन्ध सूचनामा सर्वसाधारणको आवत–जावत र सार्वजनिक यातायातका साधन सञ्चालनमा यसअघि कै आदेशलाई निरन्तरता दिइएको छ ।

गत वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा खुकुलो बनाएँदै लगेपनि कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष सहित प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिएको हो ।