महिला सशक्तिकरणको अवार्ड ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा

काठमाडौं– नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’ को घोषणा गरेको छ ।
१३ औं सागमा नेपाललाई एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक दिलाउने राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठको नेतृत्वमा घोषणा गरिएको अवार्ड महिला तथा किशोरी सशक्तिकरणका लागि योगदान दिने व्यक्ति (महिला र पुरुष) वा संस्थालाई प्रदान गरिने छ ।
साथै वार्षिक रुपमा प्रदान गरिने यस अवार्ड विविध क्षेत्रमा उदाहरणीय कार्य गरेका महिला तथा किशोरीलाई समेत प्रदान गरिने छ, जसमा विविध उद्यम, खेलकुद, शिक्षा, स्वास्थ्य, अधिकार, न्याय, सेवा तथा समुदायिक क्रियाकलापमा उदाहरणीय प्रयास गरेकाहरु पर्नेछन् ।
आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्ती अनुसार आफ्नै तवरमा सशक्तिकरण भएका महिला तथा सशक्तिकरणमा योगदान पुर्याइरहेका जो कोही व्यक्ति वा संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्यका साथ अवार्डको घोषणा गरिएको हो ।
अवार्डमा विशेष ट्रफीका साथमा नगद तीस हजार रुपैयाँ प्रदान गरिनेछ ।
साथै विजेताले गरिरहेको कार्यलाई थप सहज बनाउन अन्य सहायता पनि गर्ने गरी अवार्ड घोषणा गरिएको हो ।
पुरस्कार राशी तथा सहायता हरेक वर्ष विस्तार गरिने छ ।
नेपालको कुनैपनि क्षेत्रमा महिला तथा किशोरी सशक्तिकरणका लागि जुनसुकै प्रकारका योगदान गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले अवार्डको लागि निवेदन वा सिफारिस गर्न सक्नेछन् ।
अवार्डका लागि आउँदो सेम्टेम्बरको अन्तिम ९असोज १४० सम्म गुगल फारममार्फत निवेदन दिनु पर्नेछ ।
निवेदन फारम ट्रस्टको वेवसाइटमा उपलब्ध छ ।
ग्रामिण विकास र सशक्तिकरणमा सक्रिय इयरले ट्रस्टले धादिङको सिद्धलेख गाउँपालिकामा समुदाय स्तरमा विद्यालय सञ्चालन गरिरहेको छ ।
त्यस्तै सामुदायिक शिक्षा तथा बालविकास, स्वास्थ्य, खेलकुद विविध उद्यमशीलता लगायतमा तालिम तथा शिविर सञ्चालन, आवश्यक सामाग्री प्रदान, छात्रवृत्ति तथा प्रायोजन, भौतिक संरचना निर्माण, वातावरण संरक्षण गर्ने कार्य गरिरहेको छ ।
ट्रस्टको संस्थापक जोन इयरले र ट्रस्ट सदस्य डोरियाना दिमित्रोभाको सक्रियतामा अवार्ड आयोजना गरिएको हो ।
दुबै युरोपेली नागरिक हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



