अष्ट्रेलियाको बिग बास लिगमा होबार्टबाट खेल्दै सन्दीप लामिछाने

काठमाडौं– नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औं संस्करणको बिग बास लिग (बिबिएल) पुनः होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।
अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई बिहिबार अनुबन्ध गरेको हो ।
गत वर्ष पनि उनी सोही टोलीमा अनुबन्धित भएका थिए ।
होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ ।
गत वर्षको बिबिएलमा उनले आठ खेलमा आठ विकेट लिएका थिए ।
लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
लामिछानेले बिबिएलमा हालसम्म तीन वटा संस्करण खेल्दा २९ खेलमा ३४ विकेट लिइसकेका छन् ।
सन् २०१८ मा पहिलो पटक मेलवर्न स्टार्सबाट बिबिएल खेल्दा उनले आठ खेलमा ११ विकेट लिएका थिए ।
सन् २०१९ मा दोस्रो पटक बिबिएलमा उनले १३ खेलमा १५ विकेट लिएका थिए ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि उनी हाल ओमानमा छन् ।
उक्त सिरिजका कारण लामिछानेले यस पटकको क्यारेबियन प्रिमियर लिग ९सिपिएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगिता त्याग्नेका छन् ।
यसपटक उनले राहदानीको समस्याका कारण बेलायतमा भएको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउनु परेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...