नेपालमा २४ घण्टामा १९ सय २ जनामा कोरोना संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ११ हजार ८ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ४ हजार ३ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै यो अवधिमा १६ जना संक्रमितको दुखद निधन भएको छ ।

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ छ ।

त्यस्तै पछिल्ला तीन दिनमा नेपालमा ५ लाख ९७ हजार ५ सय ९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।