एनआरएनए अष्ट्रेलियाले बिभिन्न विधाका उत्कृष्टहरु लाई सम्मान गर्दै
आफुलाई योग्य लागेकालाई सिफारिस गर्न सबैमा अनुरोध
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अष्ट्रेलिया | एनआरएनए अष्ट्रेलियाले सधै जस्तै यस पटक पनि नेपाली समुदायमा बिभिन्न किसिमबाट योगदान पुराएका र आफ्नो क्षेत्रमा उत्कृष्ट रहेका व्यक्ति एबं संस्थाहरु को छनोट गर्दै सम्मान गर्ने भएको छ । बार्षिक साधारण सभाको अबसरमा गरिने यो सम्मानको लागि संस्थाले बिभिन्न विधाहरु तोकेको छ । यी विधामा योगदान दिएकाहरु लाई नोमिनेसन गर्नका लागि पनि संस्थाले सबै सदस्यहरु मा अनुरोध गरेको छ । एनआरएनए अष्ट्रेलियाका निबर्तमान अध्यक्ष केशब कंडेलले यसको लागि अवार्ड कमिटि बनाइसकेको र कमिटिले सिफारिशमा परेकाहरु बीचबाट समुदायमा बिगत २ बर्षमा गरेको योगदानको आधारमा सम्मानित व्यक्तित्वहरु छान्ने बताए । कंडेलले यसले नेपाली समुदायका सबैको मनोबल बढ्ने र आउँदा दिनहरु मा पनि त्यस्ता व्यक्तिहरु पेरणाको श्रोत बन्ने पनि बिश्वास व्यक्त गरे । नवनिर्बाचित अध्यक्ष नन्द गुरुङले पनि निस्पक्ष रुपमा आवर्ड कमिटिले आफ्नो काम सुरु गरेको आफुलाई जानकारी आएको र यसको लागि समुदायमा लुकेका प्रतिभा र मेहनती हातहरु लाई उत्साह थप्न एनआरएनए अष्ट्रेलियाका सबै सदस्यहरु लाई त्यस्ता व्यक्ति/संस्थाहरु को नोमिनेसन गरि दिन अनुरोध गरे।
१८ सेप्टेम्बरमा निर्धारण गरिएको यस पटकको बार्षिक साधारण सभा कोभिडका कारण कसरि हुनेछ भन्ने कुरा अझै निर्क्यौल भइ नसकेको स्थितिमा, भौतिक रुपमा वा भर्चुवल जुन रुपमा भए पनि सो दिन अगावै अवार्ड कमिटिले त्यस्ता व्यक्ति र संस्थाहरु को छनोट गरि सकने पनि अवार्ड कमिटिको तर्फबाट निजन चौलागाईले बताए । अवार्ड तलका भिन्न विधाहरु बाट छनोट गरिनेछ।
1. Student of the Year – HSE Level
2. Student of the Year – University Level (was separately completed in 2020)
3. Sports Person of the Year – Over 18
4. Sports Person of the Year – Under 18
5. Nepalese Cultural Ambassador of the Year
6. NRNA Australia Youth Person of the Year
7. NRNA Australia Woman of the Year
8. NRNA Australia of the Year
9. Friends of Nepal of the Year (for people who have served Nepali community but does not have Nepali origin)
10. Business Person of the Year
11. Community Service Person of the Year
12. Organization of the Year (has to be Nepali community-based organisation)
13. Media Person of the Year
14. State Person of the Year – maximum 3 persons
यस बाहेक अष्ट्रेलिया भरि बाट १० जनालाई NRNA Australia President Award ले सम्मान गरिनेछ। यसको लागि एनआरएनए अष्ट्रेलियाका निबर्तमान अध्यक्षको सिफारिसमा अवार्ड कमिटिले छनोट गर्ने भएका कारण नोमिनेसनको आबश्यकता पर्ने छैन । यो बाहेक अन्य विधाको लागि निमिनेशन गर्नु पर्नेछ र नोमिनेसन फर्म तलको लिंकमा गएर डाउनलोड गर्न सकिन्छ।
फर्म भरि सके पछि उक्त फर्म awards@nrn.org.au मा पठाउन अनुरोध गरिएको छ। फर्म पठाउने ( नोमिनेसन गर्ने ) अन्तिम मिति ७ सेप्टेम्बर २०२१ सम्म तोकिएको छ । यस सम्बन्धि थप जानकारी र जिज्ञासाको लागि awards@nrn.org.au मा सम्पर्क गर्न अनोरोध गरिएको छ।