रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले बुटवलको अस्पताललाई स्वास्थ उपकरण हस्तान्तरण 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ १५, २०७८

नेपालको रुपन्देही जिल्लाबाट अष्ट्रेलिया आइ बसेका नेपाली साझा संस्था रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले बिगतमा जस्तै फेरि पनि उदहरणिय परोपकारी कार्य गरेको छ । नेपालको बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बिभिन्न स्वास्थ उपकरणहरु हस्तान्तरण गरेको छ।  भर्चुवल माध्यमले गत २९ अगस्त आइतबारका दिन सम्पन्न उक्त कार्यक्रम रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाका अध्यक्ष इश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाको तर्फबाट मुक्तिराम पोख्रेलले संजालले उक्त अस्पताललाई ७ लाख ४६ हजार बारबारको स्वास्थ सामग्री हस्तान्तरण गरको जानकारी दिए।  ति सामग्री हरु मा शरीरको तापक्रम नाप्ने, पल्स रेट नाप्ने, ब्लड प्रेसर नाप्ने, अक्शिजनको मात्रा नाप्ने र मुटुको धड्कन नाप्ने ५ थान उपकरणहरु थिए।

यी उपकरणहरुले अस्पतालको आइसीयुमा भर्ना भएका बिरामीहरु को उपचार अब प्राबिधिक रुपमा निक्कै सजिलो हुने पनि संस्थाले जानकारी गराएको छ। उक्त उपकरण अस्पताल परिसरमा रुपन्देही सामाजिक संजालका प्रतिनिधि काशीराम काफ्लेले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र प्रसाद बश्याललाई हस्तान्तरण गरेका थिए। डा बस्यालले जापानी सहयोगमा निर्मित उक्त आस्पताल हाल अन्तरिक तथा बाहय सहयोगमा संचालन हुँदै आएकोमा यसरि मनकारी मनहरु ले प्रदेश बाट सम्झिएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । जुम मार्फत संचालन गरिएको उक्त कार्यक्रममा संन्जालका महासचिव दिवाकर काफ्लेले संस्थाले स्थापना काल देखि हाल सम्म गरेका कार्यक्रमको बिबरण प्रस्तुति गरेका थिए ।  जुम मार्फत संस्थाका बर्तमान र पुर्बपधिकारीहरु, सदस्यहरु र  पत्रकारहरु सहभागी उक्त कार्यक्रममा संस्थाका अध्यक्ष इश्वर पोख्रेलले अष्ट्रेलियामा रहेका रुपन्देहीबासिहरु को सानो ठुलो सहयोग बाट यो रकम जोह गरि उक्त उपकरणहरु हस्तान्तरण गर्न पाएकोमा सबै सहयोगीहरु लाई धन्यवाद दिदै उक्त उपकरणले धेरै भन्दा धेरैको उपचारमा सहयोगी बन्ने बिश्वास व्यक्त गरे।

यसै गरि २०१५ मा स्थापना भएको यो संस्थाले बिगत देखि आज सम्म गरेका कार्यक्रम र सहयोगहरु लाई संस्थाका अध्यक्ष इश्वर पोख्रेलले आफ्नो फेसबुक मार्फत  सबैको सामु राखेका छन्।

सन् २०१५ अक्टुवर ४ तारिकमा सिड्नी स्थित टेम्पी पार्कमा राज खनालको अध्यक्षतामा स्थापना भएको रुपन्देही सामाजिक संजाल-अष्ट्रेलियाले हालसम्म गरेका सामाजिक कार्यहरुको बिवरण यस प्रकार रहेको छ ।

१. रुपन्देहीको देवि नगरमा संचालित नेपाल अपांग आश्रममा अपांगमैत्री शौचालय निर्माणार्थ रु. २०००००। ( दुइ लाख ) हस्तान्तरण ।

२. मणिग्राम स्थित आत्म शान्ति अनाथ अाश्रमको अक्षयकोष स्थापना गर्न रु. १०००००। ( एक लाख ) हस्तान्तरण ।

३. लुम्बिनी प्रादेशिक अस्पतालको अकस्मिक तथा प्रशुति वार्डमा electrical water filter जडान गर्न रु. १०००००। (एक लाख) सहयोग ।

४. रुपन्देही आसपासका क्षेत्रमा ट्राफिक जनचेतना जगाउने उद्देश्यले सन्देशमुलक होडिगं वोर्ड राख्न रु. १०००००। ( एक लाख ) सहयोग ।

५. निम्न आय भएका र जेहन्दार विद्द्यार्थीहरुको पठन पाठनमा सहयोग गर्ने हिसावले बुटवल स्थित विभिन्न बिध्यालयमा पढ्ने विध्यार्थीहरुको एक वर्षको शिक्षण खर्चको निम्ती रु. ८००००। ( असी हजार ) सहयोग ।

६. वि स २०७२ बैशाखमा गएको बिनाशकारी भुकम्पबाट क्षती व्यहोरेका हरुको सहयोगका लागि NRNA Australia मार्फत $६८७४ अष्ट्रेलियन डलर सहयोग ।

७. तराइका बिभिन्न गएको बाढी पहिरो प्रभावितहरुको सहयोग स्वरुप NRNA Australia मार्फत $११५३ डलर सहयोग ।

८. रुपन्देहीको मणिग्राममा अवस्थित “जाडोमा न्यानो कपडा अभियान” तिलोत्तमा परोपकार समाजलाई रु. ५००००। ( पचास हजार रुपैयाँ ) हस्तान्त्रण ।

९. रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिल स्थित श्री दुर्गा वैदिक संस्कृत विद्यापीठका लागि रु. १०१००० ( एकलाख एकजार रुपौयाँ ) हस्तान्त्रण।

१०. सैनामैना न.पा. वाड नं. ६ आधिखोला बस्ने क्यान्सर पिडित भई स्वर्गीय भएकी लक्ष्मी शर्माको परिवारलाई १ लाख चालिस हजार ६३ नेपाली रुपैयाँ सहयोग प्रदान ।

११. सिड्नीमा ज्यान गुमाउने सन्तोष गौतमकी छोरीको रेखदेख र शिक्षाको निम्ती स्थापना गरिएको अक्षयकोषको लागि गैरआवाशिय नेपाली संघ अष्ट्रेलिया मार्फत ५०१ अष्ट्रेलियान डलर हस्तान्त्रण।

१२. रुपन्देही, तिलोत्तमा शान्तिनगरका यौन हिंसा पिडीत वालिकाको सहयोगार्थ रु. ८४०००। ( चौरासी हजार ) सहयोग ।

१३. कोभिड-१९ को महामारीबाट प्रभावित अष्ट्रेलियामा अध्ययनरत नेपाली विध्यार्थीहरुला राहत स्वरुप २२ जनालाइ $११०० नगद सहयोग ।

१४. NRNA Australia ले गरेको कोभिड राहत सहयोग अभियानमा एेकेवध्धता जनाउदै $५०० डलर सहयोग ।

१५. कोभिडको सकसका बीचमा बुटवलता विभिन्न अस्पतालहरुमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी हरुलाइ खाद्यान्न सहयोग अभियानमा सहभागिता जनाउदै रु. ५००००। ( पचास हजार ) सहयोग ।

१६. संस्थाको इतिहासमा हाल सम्मकै सबैभन्दा ठुलो राशीको सहयोग एउटै संस्थालाइ दिइएको यो नै पहिलो रहेको छ । जुन हामीले बुटवल स्थित आम्दा ( AMDA Hospital ) अस्पताललाइ गरेका छौं । यस अस्पतालमा आकस्मिक कक्षहरुको स्तर उन्नती गर्नका लागि ५ थान Patient Monitor सहयोग गरेका छौं । जसको लागत रु. ७४६४५० । ( सात लाख छ्यालिस हजार चार सय पचास रहेको छ ।

समग्रमा स्थापना भए देखि आजसम्म यस

संस्थाले मोटामटी रु. २६२०००० ( करिब छब्बीस लाख बीस हजार नगद सहयोग गरेको छ ।

यस बीचमा तीन जनाले यो संस्थालाइ नेतृत्व प्रदान गरिसक्नु भएको छ । संस्थापक अध्यक्ष ( २०१५-२०१७ ) राज खनाल हुनुहुन्थ्यो भने कृष्ण गैरे ( २०१७-२०१९ ) मा अध्यक्ष रहनु भएको थियो । अहिलेको कार्य समिति ईश्वर पोख्रेलको नेतृत्वमा सन् २०१९-२०२१ का लागि गठन भएको हो ।

यी बाहेक अन्य स-साना सहयोग संस्थाले गरेको छ जुन यहाँ उल्लेख भएका छैनन् ।यी सम्पुर्ण आर्थिक सहयोगको श्रोतहरु हामीले बिभिन्न समयमा नेपालबाट कलाकार ल्याएर सिड्नीमा गरेका सांस्कृतिक कार्यक्रमहरुबाट उठाइएको हो भने पछिल्लो समयमा कोभिडको दोस्रो लहरले नेपालमा बढी असर गरिरहेका बेलामा अष्ट्रेलियाभरि रहनु भएको रुपन्देही जिल्लाका विद्द्यार्थी भाइ बहिनी, अन्य समाजसेवी र संस्थाको केन्द्रिय कार्य समितिका साथीहरुबाट उठेको रकम हो ।