नेपालमा २४ घण्टामा १७ सय ८६ जना संक्रमणमुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा ९ हजार १ सय १७ जनाको पीसीआर परीक्षण गर्दा १५ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ३ हजार १ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा २० जना संक्रमितको दुखद निधन भएको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९१ रहेको छ ।

यो अवधिमा ८५ हजार १ सय २८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।