काठमाडौंको फोहर आजदेखि उठ्ने नगरप्रमुखको दावी

काठमाडौं– काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले सानो परिणाममा हरेक दिन काठमाडौंको फोहोर उठिरहे पनि बुधवारदेखि भने थप व्यवस्थित गर्दै फोहोर व्यवस्थापना गर्ने बताउनु भएको छ ।
बुधवारदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाउन थाल्ने मेयर शाक्यको भनाइ छ ।
काठमाडौं महानगरले १५ दिनको सूचना निकालेर फोहोर घरमै राख्न निर्देशन दिएको थियो ।
तर, एक महिनाभन्दा बढी समयदेखि फोहोर नउठेपछि अहिले काठमाडौंका घर, मुख्य सडक र गल्लीमा फोहोर थुप्रिएको छ, जसले गर्दा बाटो हिँड्नै सास्ति हुने गरेको छ ।
फोहोरको पछिल्लो समस्या समाधान गर्न मंगलबार प्रमुख शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठक बसेको थियो ।
बैठकको निर्णयपछि उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर आज बुधबार विहान ६ बजेदेखि उठ्ने प्रमुख शाक्यले बताउनु भयो ।
बैठकमा सडक विभागले बञ्चरेडाँडासम्म पुग्ने बैकल्पिक बाटो निर्माण गर्ने र त्यसको खर्च महानगरपालिकाले व्यर्होने निर्णय भएको पनि मेयर शाइकले बताउनुभयो ।
त्यही निर्णय अनुसार सडक विभागले काम अगाडि बढाएको छ ।
तर, महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले भने चार–पाँच दिनभित्र फोहोर उठाउन थाल्ने बताउनु भएको छ ।
फोहोरको प्रतिवेदन पेश गर्ने संयोजक समेत रहनु भएकी खड्गीले वर्षाले गर्दा फोहोरले बनेको बाटो भासिएको कारण फोहोर उठ्न नसकेको बताउनु भएको छ ।
सिसडोलमा ल्यान्डफिल साइटको क्षमताले नभ्याएर फोहोरको ढिस्को भासिएको उहाँले बताउनु भयो ।
‘२०६२ जेठ २२ गतेबाट सो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटले तीन वर्षसम्म धान्ने अनुमान थियो,’ उहाँको भनाइ छ– ‘तर, आज १५ वर्ष भइसक्यो, सिसडोल ल्यान्डफिल साइटमै फोहोर व्यवस्थापन गरिँदै आएको । अब अर्को विकल्प खोज्न जरुरी छ ।’
भक्तपुर नगरपालिकाले फोहोर व्यस्थापन आफैँले गरिरहेको कुनै डम्पिङ्ग साइटमा नपठाएको जनाएको छ ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीका अनुसार भक्तपुरमा फोहोर व्यवस्थापनमा समास्य नभएको बताउनुभयो ।
‘हामीले एक दिन कुहिने र अर्को दिन नकुहिने फोहार उठाउने गरेका छौँ र यसको लागि कम्पोष्ट मल बनाउने योजनामा छौँ भने नकुहिनेको लागि छलफल हुँदैछ,अहिलेसम्म बेचिरहेका छौँ,’ उहाँले भन्नुभयो ।
उपत्यकाका तीनै जिल्लामध्ये भक्तपुरमा फोहोर व्यवस्थापनमा समास्य नरहेको उहाँको भनाइ रहेको मसाचार गोरखापत्रमा प्राशित छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...