२४ घण्टामा नेपालमा १६ सय ४८ जनामा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १६ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १० हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा २० जना संक्रमितको दुखद निधन भएको छ ।

यतिबेला नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय ८९ छ ।

त्यस्तै यो अवधिमा २ लाख ९३ हजार १ सय ५१ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।