थप २००४ मा सङ्क्रमण, १६ को निधन

काठमडौं– कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार चार जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन् ।
सङ्क्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन् ।
अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भई घर फर्किएका हुन् ।
बुधबारको तुलनामा निको हुने दर बढेको छ ।
हिजो ९४.१ प्रतिशत निको हुने दर रहेकामा बढेर ९४.२ प्रतिशत पुगेको छ ।
यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ ।
बुधबारभन्दा आज निधन हुनेको सङ्ख्यामा कमी आएको हो ।
हिजो २० जनाको सङ्क्रमणका कारणले निधन भएको थियो ।
अहिलेसम्म १० हजार ७८६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।
नेपालमा प्रतिदश लाखमा ३६३.५ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।
यस्तै ५४४ जना सघन उपचार कक्ष, १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ होम आइसोलेसन, दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
५०० भन्दाबढी सङ्क्रमित हुने जिल्ला १९ वटा रहेका छन् ।
आज एक लाख १७ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...